काठमाडौँ । सरकारले चालु संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । आज बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संसद्को हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
सरकारको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले सूचना जारी गरेपछि संसद् अधिवेशन समाप्त हुने छ । सरकारले अब बजेट अधिवेशन बोलाउने छ । मंसिर २८ गते चालु अधिवेशन शुरु भएको थियो ।
यो अधिवेशन अवधिभर प्रतिपक्ष नेकपा एमालेले लगातार अवरोध गरिरह्यो । एमालेको अवरोधबीच पनि एमसीसी सम्झौता यही अधिवेशनमा संसद्बाट व्याख्यात्मक घोषणासहित अनुमोदन भयो ।