Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीलाई भीम रावलको जवाफ : राष्ट्रको चिन्ताले मेरो टाउको दुखेकै हो

प्रधानमन्त्रीलाई भीम रावलको जवाफ : राष्ट्रको चिन्ताले मेरो टाउको दुखेकै हो

  • सोमवार, फाल्गुण ३० २०७८

  • 561
    SHARES

  • प्रधानमन्त्रीलाई भीम रावलको जवाफ : राष्ट्रको चिन्ताले मेरो टाउको दुखेकै हो

    काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले आफूमाथी लगाएको आरोपको प्रतिवाद गर्नुभएको छ । आज नुवाकोटमा आयोजति कार्यक्रममा प्रधानमन्त्री देउवाले रावल मन्त्री भएकै बेला एमसीसी सम्झौता मन्त्रपिरषिदबाट पारति भई संसदमा पेश भएको बताउनुभएको थियो । त्यसबेला विरोध नगरेको तर अहिले किन टाउको दुखेको भनी देउवाले प्रश्न गर्नुभएको थियो ।

    जवाफमा नेता रावलले आफू मन्त्री भएका बेला मन्त्रपिरषिदबाट एमसीसी पारित नभएको जिकिर गर्नुभएको छ । ‘केपी ओलीजी पहिलो पटक प्रधानमन्त्री भएको बेला उपप्रधानमन्त्री र रक्षामन्त्री थिएँ । ओलीले एमसीसीसँगको सम्झौता संसदमा ल्याएको बेला होइन । अतः मेरो मन्त्रीपरिपरिषदमा सहमति रहेको भन्ने कुरै रहेन’ रावलले ट्विटरमार्फत जवाफ दिनुभएको छ ।

    नेता रावलले प्रधानमन्त्रीले आफूमाथी तुच्छ शब्द प्रयोग गरेको भन्दै पदीय मर्यादा कायम गर्न आग्रह गर्नुभएको छ । उहाँले एमसीसी सम्झौता देशको हितमा नरहेकाले राष्ट्रको हित र अस्मिताप्रति चिन्तित भएर आफ्नो टाउको दुखेको पनि प्रष्टीकरण दिनुभएको छ । नेता रावलले देउवाले संसद नियमावली र संविधान मिचेर जनआवाजमाथी दमन गरेर बाह्य शक्तिलाई रिझाउन होहल्लाका बीच एमसीसी अनुमोदन गराएको टिप्पणी गर्नुभएको छ ।


    सोमवार, फाल्गुण ३० २०७८०३:२८:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij