Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सरकार हटाउन चुनाव पर्खिरहेका छौं : ओली

सरकार हटाउन चुनाव पर्खिरहेका छौं : ओली

  • शनिवार, फाल्गुण २८ २०७८

  • 785
    SHARES

  • सरकार हटाउन चुनाव पर्खिरहेका छौं : ओली

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार हटाउन आफूहरु चुनावको प्रतीक्षामा रहेको बताएका छन् ।

    शनिबार नेपाल निजामती कर्मचारी संगठनको ११ औँ राष्ट्रिय अधिवेशन उद्घाटन समारोहमा सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको सरकार जरा बिनाको मुला भएको टिप्पणी गरे । यसलाई उखेल्न धेरै गाह्रो नहुने भन्दै उनले त्यसका लागि चुनाव पर्खिनुपर्ने बताए ।

    चुनावपछि भने सरकार नरहने भन्दै उनले अहिले नै सरकार चुनावदेखि भाग्न खोलेको आरोप लगाए । अध्यक्ष ओलीले सानो मुलाको पनि सानो जरा हुने उल्लेख गर्दै अहिलेको सरकार मात्र पाँच जना न्यायाधीशको आदेशले बनेको भन्दै यसलाई उखेल्न गाह्रो नहुने टिप्पणी गरे ।

    ‘जरा न फराको सरकार । केही पनि छैन, टपक्क टिप्यो भने उखेलिन्छ । बालुवामा लगेर राखेको नक्कली मुला यसो एक छिन बालुवामा राखेजस्तो हो यो । फुत्त तान्दा जरो सरो केही पनि छैन, हल्लाउनु पनि पर्दैन पुक्लुक्क आउँछ’ उनले भने ।

    अध्यक्ष ओलीले सरकारलाई उखेल्न लाग्दा भागिरहेको उल्लेख गर्दै आगामी निर्वाचनबाट पूर्ण रुपमा उखेलिने बताए ।

    अध्यक्ष ओलीले आफ्नो कार्यकालमा नेपाली काँग्रेसका नेताहरुले कर्मचारीहरुलाई सरकारलाई सहयोग नगर्न दबाव दिएको दाबी गर्दै उनीहरुको सोच अलोकतान्त्रिक सोच भएको जिकिर गरे ।


    शनिवार, फाल्गुण २८ २०७८०३:२२:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij