Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images
मन्त्रिपरिषदको निर्णय

बञ्चरेडाँडा ल्याण्ड फिल्ड साइट व्यवस्थापन गर्न उच्चस्तरीय समिति बनाइने

बञ्चरेडाँडा ल्याण्ड फिल्ड साइट व्यवस्थापन गर्न उच्चस्तरीय समिति बनाइने

  • शुक्रवार, फाल्गुण २७ २०७८

  • 699
    SHARES

  • बञ्चरेडाँडा ल्याण्ड फिल्ड साइट व्यवस्थापन गर्न उच्चस्तरीय समिति बनाइने

    काठमाडौँ । सरकारले धादिङ र नुवाकोटको सीमामा पर्ने बन्चरेडाँडा ल्याण्डफिल साइडमा फोहोर व्यवस्थापन गर्ने क्रममा उत्पन्न हुने प्रभाव न्यूनिकरण गर्न उच्चस्तरीय समिति बनाउने निर्णय गरेको छ । हालै बसेको मन्त्रिपरिषद्को बैठकले सो क्षेत्रका स्थानीयसँग विगतमा भएका सम्झौता कार्यान्वयन गर्न पनि सरकार तयार रहेको सूचना तथा संचार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताउनुभएको छ ।

    आज मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा उहाँले फोहोरबाट स्थानीय तहमा पर्ने प्रभाव न्यूनिकरण गर्न सम्वद्ध निकायलाई निर्देशन दिइएको पनि जानकारी गराउनुभयो । मन्त्रीपरिषदको बैठकले फोहोर विसर्जनबाट पर्ने प्रभाव रोक्न स्थानीय जनप्रतिनिधि सहभागी भएको उच्च स्तरीय समिति बनाउने निर्णय गरेको छ । साथै कुनै समस्या आएमा समाधानका लागि ‘¥यापिड रेस्पोन्स’ टोली बनाउने पनि निर्णय भएको छ ।

    यस्तै, नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशकमा उमेश प्रसाद थानी सुर्खेलाई नियुक्त गर्ने निर्णय भएको छ । बंगलादेशको राजधानी ढाकामा आगामी मार्च ८ देखि ११ सम्म हुने एसियाड सम्मेलनमा सहभागी हुनका लागि कृषि मन्त्रालयका सचिव नेतृत्वको टोली र आगामी चैत १४ गते अमेरिकाको न्यूयोर्कमा हुने कार्यक्रमका लागि सचिव प्रेमनारायण कँडेललाई सहभागी हुन स्वीकृति दिने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ ।


    शुक्रवार, फाल्गुण २७ २०७८०६:३८:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij