Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

आइतबारको संसदले प्रधानन्यायाधीशमाथिको महाभियोगबारे छलफलको मिति तोक्ने

आइतबारको संसदले प्रधानन्यायाधीशमाथिको महाभियोगबारे छलफलको मिति तोक्ने

  • शुक्रवार, फाल्गुण २७ २०७८

  • 291
    SHARES

  • आइतबारको संसदले प्रधानन्यायाधीशमाथिको महाभियोगबारे छलफलको मिति तोक्ने

    काठमाडौँ । निलम्बनमा रहनुभएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्तावमाथि संसद बैठकमा छलफल अघि बढ्ने भएको छ । संसद् सचिवालयले तयार गरेको सम्भावित कार्यसूची अनुसार आइतबार बोलाइएको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्नि सापकोटाले महाअभियोग प्रस्तावमाथि छलफल हुने दिन र समय तोक्नुहुने छ ।

    जबरााविरुद्ध फागुन १ गते माओवादीका प्रमुख सचेतक देवप गुरुङ, कांग्रेस सचेतक पुष्पा भुसाल र नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक जीवनराम श्रेष्ठले महाभियोग प्रस्ताव दर्ता गरेका थिए । उक्त प्रस्तावमा तीनवटै दलका ९५ सांसदहरूले समर्थन जनाएका थिए ।

    प्रतिनिधि सभाको यसअघिको बैठकले महाभियोग सिफारिस समिति गठन गरिसकेको छ । उक्त समितिको प्रतिवेदन पुनः प्रतिनिधि सभामा पेस भएर छलफल हुने छ । छलफलपछि संशोधन आवश्यक नभएमा पारित गर्ने अंकगणितमा प्रवेश गर्ने छ ।

    प्रतिनिधि सभाका दुई तिहाई बहुमत सदस्यले महाभियोगको पक्षमा मत दिएमा जबरा पदमुक्त हुनुहुने छ । प्रस्ताव पारित हुन सकेन भने उहाँ फेरि सर्वोच्च फर्कनुहुने छ । आइतबार बस्ने बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले समितिको २१औं वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची पनि छ ।


    शुक्रवार, फाल्गुण २७ २०७८०३:४९:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij