Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

अमेरिकी सेना नेपाल आउँछन् भन्ने भ्रमबाट मुक्त होऔं : गृहमन्त्री खाँण

अमेरिकी सेना नेपाल आउँछन् भन्ने भ्रमबाट मुक्त होऔं : गृहमन्त्री खाँण

  • शुक्रवार, फाल्गुण २७ २०७८

  • 823
    SHARES

  • अमेरिकी सेना नेपाल आउँछन् भन्ने भ्रमबाट मुक्त होऔं : गृहमन्त्री खाँण

    काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी पास हुँदैमा अमेरिकी सेना नेपाल नआउने स्पष्ट पार्दै यस्ता भ्रमबाट मुक्त हुनुपर्ने बतानुभएको छ । आज काठमाडौँमा नेपाल निर्माण व्यवसायी महासंघको २३औँ साधारण सभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले एमसीसी कुनै सैनिक, राजनीतिक र प्रशासनिक सम्झौता नभएर विकास साझेदारीको लागि भएको दाबी गर्नुभयो ।

    गृहमन्त्री खाँणले बिजुलीको तारमा सेना नभएर बिजुली नै आउने टिप्पणी गर्नुभयो । उहाँले नेपालको गरिबी निवारण, नेपालमा आर्थिक गतिविधि बढाउन, भौतिक पूर्वाधार निर्माणमा तीव्रता ल्याउने तथा सडक विस्तार, विद्युतको ट्रान्समिसन लाइन तानेर जनताको घर दैलोमा पु¥याउन, बढी भएका विद्युतलाई छिमेकी मुलुकमा पु¥याएर बिक्री गरी मुलुकको व्यापार घाटालाई सन्तुलनमा ल्याउन एमसीसीले महत्त्वपूर्ण भूमिका खेल्ने जिकिर गर्नुभयो ।

    त्यस्तै, गृहमन्त्री खाँणले निर्माण व्यवसायीको कामको क्षमता अभिवृद्धि गर्नका लागि सरकार सकारात्मक रहेको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय रुपमा समेत नेपाली निर्माण व्यवसायीको क्षमता बढेको भन्ने वातावरण बनाउन सरकार गम्भीर भएर लागेको दाबी गर्नुभयो ।  


    शुक्रवार, फाल्गुण २७ २०७८०३:२१:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij