Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

जफत भएका २० वटा ड्रोन प्राधिकरणले लिलाम गर्ने

जफत भएका २० वटा ड्रोन प्राधिकरणले लिलाम गर्ने

  • बुधवार, फाल्गुण २५ २०७८

  • 603
    SHARES

  • जफत भएका २० वटा ड्रोन प्राधिकरणले लिलाम गर्ने

    काठमाडौं । अनुमतिबिना विभिन्न स्थानमा उडाउँदा जफत भएका २० वटा ड्रोन नेपाल नागरिक उड्डयन प्राधिकरणले लिलाम बिक्री गर्ने भएको छ । मानवरहित हवाई उपकरणहरु जफत भएपछि प्राधिकरणमा बुझाउने गरिन्छ । खासगरी गृह प्रशासनबाट यस्तो ड्रोनहरु जफत हुने गरेको छ ।

    प्राधिकरणले बुधबार बोलपत्र आह्वान गर्दै ड्रोन लिलामका लागि आह्वान गरेको हो । २० वटा ड्रोनका लागि न्यूनतम मूल्य ७ लाख ५९ हजार ४ सय ८ रुपैयाँ राखिएको छ ।

    खरिद गर्न इच्छुकहरुले १५ दिन भित्र सिलबन्दी बोलपत्र दिने सक्ने प्राधिकरणले जनाएको छ । ड्रोन दर्ता प्राधिकरणमा हुनुपर्छ ।

    सरकारले निश्चित क्षेत्रहरुमा ड्रोन उडाउन नपाउने गरी तोकेको छ । यसमा मठमन्दिर, सम्पदा तथा सुरक्षा सम्वेदनशील क्षेत्रहरु छन् । ती क्षेत्रमा अनुमति बीना ड्रोन उडाएको पाइएमा प्रहरीले नियन्त्रणमा लिन सक्ने जनाइएको छ । ।


    बुधवार, फाल्गुण २५ २०७८०३:१९:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij