Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदै

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदै

  • शुक्रवार, फाल्गुण २० २०७८

  • 456
    SHARES

  • माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदै

    काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदै छ । राष्ट्रिय सभा गृहमा बस्ने बैठक २२ गतेसम्म चल्ने पार्टी कार्यालय सचिव श्रीराम ढकालले बताउनुभयो । बैठक बिहान ११ बजेदेखि सुरु हुने भएको छ ।

    एमसीसीलाई लिएर पार्टीभित्र तीव्र विवाद बढिरहेको बेला बैठक बस्न लागेको हो । बैठकमा एमसीसी अनुमोदन, स्थानीय निर्वाचन, संगठन सुदृढीकरण र परिचालन तथा समसायिक विषय मुख्य अजेण्डा रहेको कार्यलउ सचिव ढकालले बताउनुभयो ।

    एमसीसीका विषयमा पूर्वस्थायी समिति बैठकले निर्णय गरे पनि केन्द्रीय समितिबाट अनुमोदन हुने भएको छ । त्यस विषयमा अधिकांश नेताहरुले आलोचना गर्ने तयारी गरेका छन् ।

    पार्टीको आठौ महाधिवेशन विपरित गएर एमसीसी पारित गरिएको भन्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आलोचना गर्ने तयारी गरेका छन् । त्यसमा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल, लेखनाथ न्यौपानेलगायत नेताहरुले असन्तुष्टि पोख्दै आएका छन् ।


    शुक्रवार, फाल्गुण २० २०७८०७:३९:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij