Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एमसीसीबारे छलफल गर्न एकीकृत समाजवादीको बैठक बस्दै

एमसीसीबारे छलफल गर्न एकीकृत समाजवादीको बैठक बस्दै

  • आइतवार, फाल्गुण १५ २०७८

  • 733
    SHARES

  • एमसीसीबारे छलफल गर्न एकीकृत समाजवादीको बैठक बस्दै

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीको बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजे बस्ने एकीकृत समाजवादीले जनाएको छ ।

    बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा छलफल हुने नेताहरूले जनाएका छन् । आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ । उक्त बैठक बस्नुअघि एकीकृत समाजवादीले स्थायी कमिटी बैठक बोलाएको हो ।

    सरकारमा भए पनि एकीकृत समाजवादीले यथास्थितिमा एमसिसी पास गर्न नहुने पक्षमा छ । यद्यपि, शनिबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलपछि भने नेकपा एस लचिलो देखिएको छ ।

    एमसिसीबारे प्रश्न उठेका विषयमा संसदबाट व्याख्यात्मक घोषणा गर्न प्रधानमन्त्री देउवा तयार भएपछि एकीकृत समाजवादी आफ्नो अडानबाट केही पछि हटेको हो । साथै, अर्को सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र पनि प्रधानमन्त्री देउवाको आश्वासनपछि एमसिसी अनुमोदनका लागि सकारात्मक भएको छ ।


    आइतवार, फाल्गुण १५ २०७८०८:०६:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij