Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

संसद बैठकअघि माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक

संसद बैठकअघि माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक

  • बुधवार, फाल्गुण ४ २०७८

  • 551
    SHARES

  • संसद बैठकअघि माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक

    काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । प्रतिनिधि सभा बैठकअघि माओवादी केन्द्रले सिंहदरबारस्थित दलको कार्यालयमा आज बिहान १० बजे बैठक बोलाएको हो ।

    पार्टीका सांसद अमनलाल मोदीका अनुसार बैठकमा समसामयिक विषयमा छलफल हुनेछ । आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ । यस्तै संसदअघि कार्यव्यवस्था समितिको बैठकबाट एमसीसीसम्बन्धी एजेण्डा तय हुन सक्ने जनाइएको छ ।

    प्रतिनिधि सभाको बैठकमा सरकारले एमसीसी टेबुल गर्ने तयारी गरेपछि कसरी बैठकमा प्रस्तुत हुने भन्ने विषयमा नै छलफल केन्द्रीत हुने बुझिएको छ ।


    बुधवार, फाल्गुण ४ २०७८०६:५५:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij