काठमाडौं । काठमाडौं जिल्लामा बुस्टर डोज खोप कार्यक्रम स्थगित भएको छ । भेरोसेल खोप अभाव भएपछि हालका लागि बुस्टर डोज दिन कार्यक्रम रोकिएको स्वास्थ्य कार्यलयका प्रमुख शम्भु काफ्लेले जानकारी दिए । तर, कोभिशिल्डको हकमा भने बुस्टर डोज खोप अभियान सञ्चालन भइरहेको छ ।
‘काफ्लेका अनुसार भेरोसेलको बुस्टर डोज लगाउने मानिसले केही समय अझै कुनुपर्ने देखीएको छ ।
‘अहिले बुस्टर डोज लगाउने धेरै मानिसहरु भेरोसेलका खोप लगाएका छन् । हामीसँग खोपको अभाव भएकाले व्यवस्थापन गर्न सकेका छैनौं,’ काफ्लेले भने । हाल काठमाडौं जिल्लामा २२ वटा खोपकेन्द्र खोप दिइरहेको छ ।