काठमाडौँ — खोपका लागि सिरिञ्ज अभाव भएपछि मंगलबारदेखि दिइने भनिएको फाइजर खोप अभियान तत्कालका लागि स्थगित भएको छ ।
स्वास्थ्य सेवा विभाग खोप शाखाका प्रमुख सागर दाहालले सिरिञ्ज नआएपछि केही समयका लागि खोप अभियान स्थगित भएको बताए । उनका आनुसार फाइजर खोपका लागि मात्र सिरिञ्ज आएको छैन् । तर अरु खोपहरु ढुक्कले लगाउन आग्रह गरीएको छ ।
उनका अनुसार फाइजर खोपका लागि ०.३३ एमएमको सिरिञ्ज आवश्यक पर्छ । सिरिञ्ज आउनेबित्तिकै खोप अभियान सुरु हुने उनले बताए । सरकारले ८ जिल्लामा पुस १३ गतेदेखि २२ गतेसम्म फाइजर खोप दिने जनाएको थियो ।