Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

भरतमणि पौडेल बने दाेस्राे केमेडी च्याम्पियन

भरतमणि पौडेल बने दाेस्राे केमेडी च्याम्पियन

  • आइतवार, आश्विन ३ २०७८

  • 1.0K
    SHARES

  • भरतमणि पौडेल बने दाेस्राे केमेडी च्याम्पियन

    काठमाडौं– ताप्लेजुङका भरतमणि पौडेल नयाँ ‘कमेडी च्याम्पियन’ बनेका छन् । शनिबार बेलुका भएको ग्राण्ड फिनालेमा भरतमणि च्याम्पियन बनेसँगै नगद २५ लाख रुपैंयाँ र एक कार पुरस्कार पाएका छन् ।

    भरतमणिले गरेको पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, पूर्व युवराज पारस शाहको क्यारिकेचर सर्वाधिक रुचाइएको प्रस्तुतिमा परेको थियो । यसबाहेक घरबेटीको चरित्र पनि उत्तिकै प्रशंसनीय थियो ।

    त्यस्तै भारत सिक्किमका विक्की अग्रवाल ‘फस्ट रनरअप’ बनेका छन् । उनले टीभीएस अपाचे मोटरसाइकल जितेका छन् । पछिल्लोपटक ‘पेन्टोमाइम’ अभिनयले चर्चामा रहे । उनको यो प्रस्तुतिमा शोका तीन निर्णायक प्रदीप भट्टराई, ऋचा शर्मा र मनोज गजुरेलले प्रशंसा गरे पनि अर्का निर्णायक सन्तोष पन्तले आलोचना गर्दा सामाजिक सञ्जालमा सन्तोषविरुद्ध अनेक टिप्पणी गरिएको थियो ।

    त्यस्तै गोरखाका सन्तोष थापा ‘सेकेण्ड रनरअप’ बन्दै एक स्कुटर जितेका छन् । उनले प्रहरी, डन, पानीको जार बोक्ने मानिस, म्यान पावर कम्पनीवालादेखि नेपाली टिचरसम्मको सम्झनालायक प्रस्तुति दिएका थिए ।

    हाँस्य अभिनेता हरिवंश आचार्यले विजेताको घोषणा गरेका हुन् ।


    आइतवार, आश्विन ३ २०७८०६:४८:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij