Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

‘एस’ का नेता राजेन्द्र पाण्डे आज बागमती प्रदेशको मुख्यमन्त्री बन्दै

‘एस’ का नेता राजेन्द्र पाण्डे आज बागमती प्रदेशको मुख्यमन्त्री बन्दै

  • बिहिवार, कार्तिक ११ २०७८

  • 646
    SHARES

  • ‘एस’ का नेता राजेन्द्र पाण्डे आज बागमती प्रदेशको मुख्यमन्त्री बन्दै

    काठमाडौँ – बागमती प्रदेशले आज (बिहीबार) नयाँ मुख्यमन्त्री पाउँदै छ । बागमतीले नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई तेस्रो मुख्यमन्त्रीका रुपमा पाउँदै छ ।

    नेता पाण्डेले ५९ सांसदको समर्थनसहित मुख्यमन्त्री पदमा बुधबार नै दावी पेश गरेका छन् । नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार ढलेसँगै प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशको नयाँ मुख्यमन्त्री पदमा नियुक्तिको प्रयोजनका लागि दाबी पेश गर्न आह्वान गरेसँगै बुधबार नै पाण्डेले काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपासहितका सांसदको समर्थनमा दावी पेश गरेका हुन् ।

    शर्माले बिहीबार दिउँसो ३ बजेभित्र आफ्नो दाबी पेस गर्न आह्वान गरेका थिए । मुख्यमन्त्री शाक्यले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम बुधबार प्रदेश प्रमुख समक्ष लिखित राजीनामा बुझाएकी थिइन् । प्रदेश सभाका सदस्य रहेको एमालेका १३ जना प्रदेश सभाका सदस्यले एकीकृत समाजवादी रोजेसँगै ४३ सदस्यमा सीमित बन्दै शाक्य अल्पमतमा परेकी थिइन् ।

    मुख्मन्त्रीसहित चार मन्त्रीको सपथ आजै  

    नयाँ मुख्यमन्त्रीमा नियुक्त हुन लागेका राजेन्द्र पाण्डेसहित चार मन्त्रीको सथप बिहीबार नै हुने सम्भावना छ । गठबन्धनबाट पहिलो चरणमा पाण्डेसहित माओवादी केन्द्रका उपनेता कुमारी मोक्तान, कांग्रेस उपनेता कृष्णलाल भडेल र नेकपा (एस)का उपनेता कृष्ण खनालले शपथ लिने तयारी छ ।

    माओवादीले आर्थिक मामिला, कांग्रेसले भौतिक पूर्वाधार र नेकपा (एस)ले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी प्राप्त गर्ने बताइएको छ । गठबन्धनले पहिलो चरणमा मुख्यमन्त्रीसहित चार सदस्यीय मन्त्रपरिषद् गठन गर्ने तयारी गरेको हो । तिहारलगत्तै विश्वासको मत लिने र मन्त्रिपरिषद्लाई पूर्णता दिने गठबन्धनको योजना पाण्डेको छ ।


    बिहिवार, कार्तिक ११ २०७८०८:१४:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij