Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधि सभा बैठक आज बस्दै

प्रतिनिधि सभा बैठक आज बस्दै

  • बिहिवार, कार्तिक ११ २०७८

  • 385
    SHARES

  • प्रतिनिधि सभा बैठक आज बस्दै

    काठमाडौँ - प्रतिनिधि सभाको बैठक आज (बिहीबार) बस्दै छ । संघीय संसद् सचिवालयका अनुसार बैठक दिउँसो २ बजे बस्ने तय भएको छ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/७८’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

    karya-suchi.jpg

    यसअघि कात्तिक ९ गते दिउँसो १ बजेका लागि बोलाइएको बैठक विशेष कारणवश भन्दै संसद् सचिवालयले ११ गतेलाई सारेको थियो । प्रतिनिधि सभाको अघिल्लो बैठक असोज २२ गते बसेको थियो ।

    प्रतिनिधि सभामा प्रमुख विपक्षी एमालेको अवरोध कायमै छ । यो बीचमा सरकार र सभामुखले विपक्षीसँग संवादमार्फत निकास खोज्ने बताए पनि छलफल हुन सकेको छैन । एमालेले सभामुख अग्नि सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै निरन्तर सदन अवरोध गर्दै आएको छ ।


    बिहिवार, कार्तिक ११ २०७८०६:५२:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij