Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

५९ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दाबी

५९ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दाबी

  • बुधवार, कार्तिक १० २०७८

  • 674
    SHARES

  • ५९ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दाबी

    पाँच दलीय गठबन्धनले बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई अघि सारेको छ ।

    मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले भोलि बिहीबार ३ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गर्नुभएको थियो ।

    पाँच दलीय गठबन्धनले ५९ सांसदको समर्थनसहित एकीकृत समाजवादीका सांसद पाण्डेलाई मुख्यमन्त्रीका रुपमा अघि सारेको हो ।

    पाण्डेले ५९ सांसदको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाउनुभएको छ । १०९ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५५ सांसदको समर्थन चाहिन्छ ।


    बुधवार, कार्तिक १० २०७८०५:४५:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij