काठमाडौं । नेकपा माओवादीका सांसद तथा बरिष्ठ अधिवक्ता रामनारायण विडारीले नेकपा एमालेलाई उत्प्रेषण पार्टीको संज्ञा दिनु भएको छ ।
माओवादी समेत सम्मिलित वर्तमान सरकारलाई एमालेका नेताहरुले परमादेश सरकारको संज्ञा दिइरहेका बेला माओवादी सांसद विडारीले एमालेलाई उत्प्रेषण पार्टीको संज्ञा दिनु भएको हो ।
नेकपा एमालेलाई पार्टीका अध्यक्ष केपी शर्मा ओलीले विघटन गरेपनि अदालतले उत्प्रेषणको आदेश मार्फत व्युताइदिएकाले एमाले उत्प्रेषण पार्टी भएको उहाँको टिप्पणी छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उहाँले भन्नुभयो, “एमालेलाई ओलीले विघटन गर्नु भएको थियो, तर अदालतले उत्प्रेषणको आदेश मार्फत जिवित गरिदिएको हो, त्यसैले एमाले उत्प्रेषण पार्टी हो ।”
उहाँले उत्प्रेषणको आदेशबाट जोगिएको पार्टीले अदालतका बारेमा नकारात्मक टिका टिप्पणी गर्ने नैतिकता नभएको तर्क गर्नुभयो ।