Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

सर्वोच्चका न्यायाधिशहरुको व्यवहारप्रति कमल थापाको आपत्ति

सर्वोच्चका न्यायाधिशहरुको व्यवहारप्रति कमल थापाको आपत्ति

  • बुधवार, कार्तिक १० २०७८

  • 349
    SHARES

  • सर्वोच्चका न्यायाधिशहरुको व्यवहारप्रति कमल थापाको आपत्ति

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सर्वोच्च अदालतका न्यायाधिशहरुले अहिले गरिरहेको व्यवहारप्रति आपत्ति जनाउनु भएको छ ।

    प्रधानन्यायाधिश चोलेन्द्र शमसेर राणालाई राजीनामा दिलाउन न्यायाधिशहरुले गरिरहेको गतिविधि ठिक नभएको उहाँको भनाई छ ।

    पदमा बसिरहन प्रधानन्यायाधिश राणाले नैतिकता गुमाएको र अन्य न्यायाधिशहरुको भूमिका पनि गलत भएको अध्यक्ष थापाले टिप्पणी गर्नुभयो ।

    अदालतमा इजलास बहिस्कार गर्ने, न्याय निरुपण नगर्ने, न्यायपालिका भित्र राजनीति तथा गुटवन्दी गर्ने काम न्यायाधिशको नभएको उहाँको भनाई छ ।

    प्रधानन्यायाधिशका सन्दर्भमा अन्य न्यायधिशहरुले गरेको व्यवहारलाई “अमर्यादित व्यवहार”को संज्ञा दिदै उहाँले त्यस्ता कार्य तत्काल रोक्न माग पनि गर्नु भएको छ ।

    सामाजिक सञ्जालहरुमा उहाँले लेख्नु भएको छ, “प्रधानन्यायधीश चोलेन्द्र शमसेर राणाले पदमा बस्ने नैतिकता गुमाई सक्नुभयो, त्यसमा विवाद छैन ।

    संसद, नागरिक समाज र संचारमाध्यमले खवरदारी गरि रहनेछन् । तर, ईजलास बहिष्कार गर्ने, न्याय निरुपण नगर्ने, न्यायपालिका भित्र राजनीति÷गुटबन्दी गर्ने काम न्यायधीशको होईन । यस्तो अमर्यादित कार्य तत्काल रोकियोस् ।”


    बुधवार, कार्तिक १० २०७८१०:१५:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij