काठमाडौँ । साताको तेस्रो दिन मंगलबार (आज) नेपालको सेयरबजार उच्च अंकले बढेको छ । आज पुँजीबजार मापक परिसूचक नेप्से ७८.८२ अंकले बढेर २७५१.०७ विन्दुमा उक्लिएको छ ।
नेप्सेमा आज ६ अर्ब ३१ करोड ८३ लाख ४० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कूल २२७ वटा कम्पनीका एक करोड १४ लाख ८६ हजार १२३ कित्ता सेयर ७२ हजार ९७३ पटक किनबेच भएका थिए ।
आज ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ११.५० अंकले बढेर ५१६.०८ विन्दुमा उक्लिएको छ ।
सातवटा कम्पनीको सेयर मूल्य १० प्रतिशतभन्दा बढीले वृद्धि हुँदा कारोबारमा सकारात्मक सर्किट लागेको थियो । अरु दर्जनभन्दा बढी कम्पनीको मूल्य पनि सर्किट विन्दुनजिक पुगेको थियो । साना किसान विकास बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै २.०० प्रतिशतका दरले गुमाएका छन् ।
आज कामना सेवा विकास बैंक लिमिटेडको सेयर सबैभन्दा धेरै ४४ करोड ७४ लाख ५७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । सोही बैंकको सेयर सबैभन्दा धेरै छ लाख १७ हजार ७६३ कित्ता तीन हजार १०५ पटक किनबेच भएको नेप्सेले जनाएको छ ।
आज सबै उपसमूहको परिसूचकमा हरियाली छाएको थियो ।