Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

बुटवलका युवा व्यवसायी पोख्रेल इप्पानको केन्द्रीय सदस्यमा निर्वाचित

बुटवलका युवा व्यवसायी पोख्रेल इप्पानको केन्द्रीय सदस्यमा निर्वाचित

  • शनिवार, जेठ ३० २०८३

  • 685
    SHARES

  • बुटवलका युवा व्यवसायी पोख्रेल इप्पानको केन्द्रीय सदस्यमा निर्वाचित

    काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल इप्पानको केन्द्रीय सदस्यमा बुटवलमा युवा उर्जा व्यवसायी जगत पोख्रेल निर्वाचित हुनुभएको छ । पोख्रेल निर्विरोध निर्वाचित हुनुभएको हो ।

    उहाँ यसअघि इप्पानकै गण्डकी प्रदेश संयोजक समेत हुनुहुन्थ्यो । अहिले काठमाडौमै रहेका उर्जा क्षेत्रमा क्रियाशिल पोख्रेलको नेतृत्वमा पाँच ओटा जलविद्युत परियोजनाको काम भइरहेको छ ।

    उहाँल बज्र इनर्जि भेन्चर्स, नमोबुद्ध हाईड्रोपावर, खप्तड पावर र श्रेष्ठ इनर्जी सोलुसनको अध्यक्ष हुनुहुन्छ भने भिजन लुम्बिनी उर्जा कम्पनी, भिजन लुम्बिनी कम्पनी लिमिटेड, आरम्भ चौतारी लघुवित्त, माइक्रोफाईनान्स एसोसिएसन, ट्रष्ट माईक्रोइन्सुरेन्स लगायतका संस्थापक अध्यक्ष हुनुहुन्छ ।


    नेपालको उर्जा क्षेत्रमा उहाँलाई मितव्ययी र पारदर्शी तारिकाले जलविद्युत आयोजना निर्माण गर्ने युवा व्यवसायीको रुपमा चिन्ने गरिन्छ । इप्पानको विधान अनुसार नयाँ कार्यसमितिको अध्यक्षमा भने मोहनकुमार डाँगी स्वतः निर्वाचित हुनु भएको छ ।


    बरिष्ठ उपाध्यक्ष नै स्वत अध्यक्षमा निर्वाचित हुने विधान भएकाले उहाँ स्वतः अध्यक्षमा निर्वाचित हुनु भएको हो । नयाँ वरिष्ठ उपाध्यक्षमा भने उत्तम भ्लोन लामा सर्वसम्मत चयन हुनु भएको छ । इम्पानको अन्य पदहरुमा पनि नयाँ पदधिकारी निर्वाचित हुनुभएको छ।


    शनिवार, जेठ ३० २०८३०७:३४:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij