Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

बजेट देखावटी र कार्यान्वयन गर्न असम्भव छ, यसले बजारमा महँगी बढाउँछः पूर्वअर्थमन्त्री महत

बजेट देखावटी र कार्यान्वयन गर्न असम्भव छ, यसले बजारमा महँगी बढाउँछः पूर्वअर्थमन्त्री महत

  • शनिवार, जेठ १६ २०८३

  • 271
    SHARES

  • बजेट देखावटी र कार्यान्वयन गर्न असम्भव छ, यसले बजारमा महँगी बढाउँछः पूर्वअर्थमन्त्री महत

    काठमाडौँ। पूर्वअर्थमन्त्री डा। प्रकाशशरण महतले सरकारले ल्याएको नयाँ बजेट यथार्थपरक र व्यावहारिक नभई देखावटी मात्र भएको आरोप लगाउनुभएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम ुनेपाली बहसु मा पत्रकार खेम बमसँग कुरा गर्दै उहाँले बजेटले राखेका लक्ष्यहरू पूरा हुन नसक्ने दाबी गर्नुभयो।
    नेपाली कांग्रेसका प्रवक्तासमेत रहनुभएका महतले ठूलो आकारको बजेटका कारण बजारमा मूल्यवृद्धि ९महँगी० तीव्र रूपमा बढ्ने र यसले सर्वसाधारणको क्रयशक्तिमा गम्भीर असर पुर्‍याउने बताउनुभयो। सरकारी कर्मचारीको तलब वृद्धि गरिए तापनि बढ्दो महँगीको भारका कारण निम्न वर्गीय नागरिकको जीवनस्तर झनै कष्टकर बन्ने उहाँको भनाइ छ।
    बजेटका केही सकारात्मक पक्षबारे चर्चा गर्दै पूर्वअर्थमन्त्री महतले निजी क्षेत्रको सुधार प्रक्रियामा जोड दिइनु राम्रो सुरुवात भएको उल्लेख गर्नुभयो। ूबन्द भएका सरकारी उद्योगहरू सरकार आफैँले चलाउन सक्दैन, यसका लागि निजी क्षेत्रसँगको साझेदारी अनिवार्य छ,ू उहाँले भन्नुभयो।
    बजेटमा कयौँ कमजोरी रहे तापनि सरकार पूर्ण गम्भीरताका साथ कार्यान्वयनमा लागेमा अर्थतन्त्रमा केही सुधार हुन सक्ने आशा बाँकी रहेको उहाँले बताउनुभयो।


    शनिवार, जेठ १६ २०८३०८:३१:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij