Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

बजेट कार्यान्वयन र सूचना प्रविधिमा जोड सकारात्मक, आकारभन्दा नतिजा मुख्य कुराः अर्थविद् चिरञ्जिवी नेपाल

बजेट कार्यान्वयन र सूचना प्रविधिमा जोड सकारात्मक, आकारभन्दा नतिजा मुख्य कुराः अर्थविद् चिरञ्जिवी नेपाल

  • शनिवार, जेठ १६ २०८३

  • 322
    SHARES

  • बजेट कार्यान्वयन र सूचना प्रविधिमा जोड सकारात्मक, आकारभन्दा नतिजा मुख्य कुराः अर्थविद् चिरञ्जिवी नेपाल

    काठमाडौं । पूर्वगभर्नर तथा अर्थविद् डा. चिरञ्जिवी नेपालले बजेटको आकार ठूलो हुनुभन्दा पनि त्यसको पूर्ण कार्यान्वयन हुनु र समयक्रमसँगै आकार घटाउनुपर्ने अवस्था आउन नदिनु मुख्य चुनौती रहेको बताउनुभएको छ ।
    नेपाली रेडियो नेटवर्कको कार्यक्रम ुनेपाली बहसु मा पत्रकार खेम बमसँग कुराकानी गर्दै डा. नेपालले चालु आर्थिक वर्षको बजेट अघिल्लो वर्षको तुलनामा २५ प्रतिशतले बढी र केही महत्त्वाकाङ्क्षी देखिए पनि यसका सकारात्मक पाटाहरू धेरै रहेको उल्लेख गर्नुभयो । युवा पुस्ताको नेतृत्वले ल्याएको यस बजेटले सूचना प्रविधिको क्षेत्रलाई विशेष प्राथमिकता दिएको भन्दै उहाँले देश अब औपचारिक रूपमै सूचना प्रविधिको युगमा प्रवेश गरेको महसुस गराएको र यसले अन्तर्राष्ट्रिय जगतमा प्रतिस्पर्धा गर्न सघाउने विश्वास व्यक्त गर्नुभयो ।
    निजी क्षेत्रको मनोबल कमजोर भइरहेका बेला करका दरहरूमा गरिएको परिमार्जन र मध्यमतहका नागरिकलाई समेट्ने गरी आएका कार्यक्रमले बजेटलाई थप प्रभावकारी बनाएको उहाँको विश्लेषण छ । वर्तमान आर्थिक परिस्थितिलाई गम्भीरतापूर्वक ध्यानमा राखेर हरेक क्षेत्रलाई समेट्दै सूचना प्रविधिको रूपान्तरणमा जोड दिनु बजेटको सबल पक्ष रहेको उहाँले बताउनुभयो । यद्यपि, बजेटका लक्ष्यहरू हासिल गर्न सरकारले नियमन, सुपरिवेक्षण र कार्यान्वयनको पाटोमा निकै सोचविचार गरेर अघि बढ्नुपर्ने र त्यसो हुन सकेमा अर्थतन्त्रमा सकारात्मक सुधार आउने डा. नेपालको भनाइ छ ।


    शनिवार, जेठ १६ २०८३०९:५०:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij