Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

झाँक्रीलाई भेटेरै बधाई दियो नेविसंघको टोलीले

झाँक्रीलाई भेटेरै बधाई दियो नेविसंघको टोलीले

  • मंगलवार, कार्तिक ९ २०७८

  • 870
    SHARES

  • झाँक्रीलाई भेटेरै बधाई दियो नेविसंघको टोलीले

    काठमाडौँ । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को टोलीले नववियुक्त शहरी विकास मन्त्री रामुकमारी झाँक्रीलाई मन्त्रालयमै भेटेर बधाई दिएको छ । सामान्यतयः एउटा पार्टीको अग्रपंक्तिमा रहेर काम गरेका नेता तथा कार्यकर्ताहरुले अर्को पार्टीका नेताहरुलाई भेटेरै बधाई दिने प्रचलन नरहेपनि नेविसंघको टोलीले यस्तो नयाँ अभ्यास गरेको हो ।

    नेविसंघका महामन्त्री बलदेव तिमिल्सीना नेतृत्वको टोलीले विद्यार्थी राजनीतिबाट आएका नेताहरुबाट जनताको अझ धेरै अपेक्षा हुने भएकाले जनहितमा केन्द्रीत रहेर काम गर्न सुझाव दिएको थियो । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको पूर्व अध्यक्ष समेत रहनु भएकी झाँक्री अहिले भने एमालेबाट विभाजित भएर बनेको नेकपा एकिकृत समाजवादीको केन्द्रीय कमिटिमा हुनुहुन्छ ।

    दलीय हिसावमा फरक दलबाट प्रतिनिधित्व गर्ने भएपनि विद्यार्थी राजनीतिक पृष्ठभूमिका कारण उहाँप्रति विषेश लगाव र सदासयता देखाउन आफुहरुले कार्यालयमै गएर झाँक्रीलाई बधाई दिएको नेविसंघको टोलीमा सहभागी रत्नहरि ढुंगेलले जानकारी दिनुभयो । 


    मंगलवार, कार्तिक ९ २०७८०९:१५:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij