Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

प्रधानन्यायाधीशलाई केही घण्टाभित्रै राजीनामा दिन दबाब, ओलीले भने- परमादेश दिने सबै उस्तै हुन्

प्रधानन्यायाधीशलाई केही घण्टाभित्रै राजीनामा दिन दबाब, ओलीले भने- परमादेश दिने सबै उस्तै हुन्

  • सोमवार, कार्तिक ८ २०७८

  • 510
    SHARES

  • प्रधानन्यायाधीशलाई केही घण्टाभित्रै राजीनामा दिन दबाब, ओलीले भने- परमादेश दिने सबै उस्तै हुन्

    काठमाडौैँ – प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मन्त्रिमण्डलमा भाग खोजेको भनिएको विषयसँगै चर्किएको विवादले न्यायपालिकामा गम्भीर संकट निम्तिएको छ ।

    विवादकाबीच प्रधानन्यायाधीशले आज राखेको ‘फुलकोर्ट’ बैठक न्यायाधीशहरूले नै बहिष्कार गरेपछि यो प्रकरणले झनै चर्काे रुप लिएको हो ।

    विवाद थप लम्बिन नदिएर न्यायपालिकाको गरिमा जोगाउने हो भने प्रधानन्यायाधीशले कत्ति पनि ढिलो नगरी राजीनामा गर्न चौतर्फी दबाब परेको छ ।

    पूर्वमहान्यायाधिवक्ता एवम् वरिष्ठ अधिवक्ताहरुले प्रधानन्यायाधीश राणाका कारण न्यायालयको छवि नै बिग्रिएको निष्कर्ष निकाल्दै अब राजीनामा मात्रै सुरक्षित अवतरणको एक मात्र विकल्प भएको जिकिर गरेका छन् ।

    पूर्वमहान्यायाधीवक्ता रमनकुमार श्रेष्ठले राणाले अब २÷३ घण्टाभित्रै राजीनामा दिनुपर्ने जिकिर गर्नुभयो ।

    प्रधानन्यायाधीशको कोटामा उहाँका जेठान गजेन्द्र हमाललाई मन्त्री बनाइएको विषयले न्यायालयमा गम्भीर संकट उत्पन्न भएको हो । विवाद बढेपछि हमालले राजीनामा दिइसक्नुभएको छ ।

    तर न्यायालयमाथिको विश्वासको संकट यतिले मात्रै नटर्ने भन्दै प्रधानन्यायाधीश राणाले नै राजीनामा दिनुपर्ने आवाज चर्काे गरी उठेको छ ।

    वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले अहिलेको अवस्थामा न्यायालयको साख र आफ्नो व्यक्तित्व बचाउनका लागि पनि प्रधान्यायाधीश राणाले राजीनामा दिएर निकास दिनुको विकल्प नरहेको बताउनुभयो ।

    यदि राणाले राजीनामा नदिए न्यायालयले थप क्षति ब्यहोर्नुपर्ने र त्यसले मुलुकमा गम्भीर संकट निम्त्याउने उहाँको चेतावनी छ ।

    नेपाल बार एसोसियसन र सर्वाेच्च बारले पनि प्रधानन्यायाधीश राणाको राजीनामा माग गरेको छ । न्यायाधीशहरुले पनि अब राणाले निकास दिनुपर्ने माग गरेका छन् ।

    तर यता एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानन्यायाधीश मात्रै नभएर परमादेश जारी गर्ने सबै न्यायाधीशको अनुहार उस्तै रहेको टिप्पणी गर्नुभएको छ ।

    आज झापामा आयोजित कार्यक्रममा ओलीले अदालत सट्टापट्टामा चलेको र सत्ता गठबन्धनसँग मिलेमतो गर्दा न्यायको हुर्मत लिइएको बताउनुभयो ।


    सोमवार, कार्तिक ८ २०७८०७:३७:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij