Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images
मन्त्रिपरिषद् बैठक

धानबालीको क्षतिबारे अध्ययन गर्न गृह सचिव पाण्डेको नेतृत्वमा कार्यदल गठन

धानबालीको क्षतिबारे अध्ययन गर्न गृह सचिव पाण्डेको नेतृत्वमा कार्यदल गठन

वायु सेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय
  • सोमवार, कार्तिक ८ २०७८

  • 377
    SHARES

  • धानबालीको क्षतिबारे अध्ययन गर्न गृह सचिव पाण्डेको नेतृत्वमा कार्यदल गठन

    काठमाडौँ । सरकारले बेमौसमी वर्षाका कारण धानबालीमा भएको क्षतिबारे अध्ययन गरी ३ दिनभित्र प्रतिवेदन दिन गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

    आज बसेको मन्त्रिपरिषद बैठकले गृह मन्त्रालयका सचिव, कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सचिव, वाणिज्य सचिव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव र राष्ट्रिय योजना आयोगका सचिव रहेको कार्यदल गठन गरेको हो । असोज १ गतेदेखि ३ दिनसम्म परेको बेमौसमी वर्षाका कारण प्रदेश १, लुम्बिनी प्रदेश लगायतका क्षेत्रमा धानबालीमा ठूलो क्षति पुगेको छ ।

    यसैगरी बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासनको दररेटमा १५ प्रतिशत वृद्धि गर्ने पनि निर्णय गरेको छ ।

    मन्त्रिपरिषद् बैठकले नेपाल वायु सेवा निगमका अध्यक्ष सुशील घिमिरेको राजीनामा स्वीकृत गर्ने, नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

    यस्तै नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा डा. रविन्द्र घिमिरे र सदस्यमा मदन पोखरेललाई नियुक्त गर्नुका साथै कोभिड–१९ को महामारीबाट प्रभावित अतिविपन्न परिवारलाई नगद हस्तान्तरण कार्यविधि २०७८ स्वीकृत गर्ने निर्णय पनि भएको मन्त्री कार्कीले बताए ।


    सोमवार, कार्तिक ८ २०७८०७:२३:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij