Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

माओवादी नसकिएसम्म देशले सुख नपाउने बताएका पूर्वअर्थसचिवप्रति प्रचण्डको आक्रोश, को हुन् ती मान्छेहरु?

माओवादी नसकिएसम्म देशले सुख नपाउने बताएका पूर्वअर्थसचिवप्रति प्रचण्डको आक्रोश, को हुन् ती मान्छेहरु?

  • आइतवार, कार्तिक ७ २०७८

  • 817
    SHARES

  • माओवादी नसकिएसम्म देशले सुख नपाउने बताएका पूर्वअर्थसचिवप्रति प्रचण्डको आक्रोश, को हुन् ती मान्छेहरु?

    काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामाजिक विभेदलाई रुचाउने तथा उत्पीडन र अत्याचारलाई पुनःस्थापित गर्न चाहानेहरूले माओवादीको विरोध गरेको बताउनुभएको छ ।

    माओवादी नसिद्धिएसम्म नेपालको विकास हुन नसक्ने टिप्पणी गर्नुभएका पूर्वअर्थसचिव रामेश्वर खनालको भनाइप्रति जवाफ फर्काउँदै प्रचण्डले सामाजिक विभेद रुचाउने तत्वहरुले माओवादीको विरोध गरिरहेको बताउनुभएको हो ।

    आज काठमाडौंमा भएको एक कार्यक्रममा प्रचण्डले हिजोका सरकारका कतिपय ठूल्ठूला महान विद्वान भनिएका कर्मचारीहरुले माओवादी नसकिँदासम्म देशले सुख पाउँदैन भनेको भन्दै चरम आक्रोश व्यक्त गर्नुभयो ।

    माओवादीले दलित, जनजाति, आदिबासी समुदाय र महिलाको हक अधिकारको निम्ति लडेको चर्चा गर्र्दै प्रचण्डले दलित समुदाय आफूलाई अत्याचार गर्नेहरूको पछाडि लागेर हिँडेको देख्दा आफूलाई नमिठो लाग्ने गरेको पनि बताउनुभयो ।

    सामाजिक विभेदलाई रुचाउने, सामन्ती उत्पीडन र अत्याचारलाई फेरि पुर्नस्थापित गर्न चाहने दलितको प्रतिनिधित्व राज्यका विभिन्न क्षेत्रमा हुनुपर्छ भन्नेहरूलाई सिध्याउन खोज्नेसँग साबधान रहनुपर्ने बेला आएको प्रचण्डले बताउनुभयो ।

    प्रचण्डले सामाजिक विभेद रुचाउने तत्वको संज्ञा दिए पनि पूर्वअर्थसचिव खनालले भने आफू समानताको पक्षधर व्यक्ति रहेकै कारण पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रमुख आर्थिक सल्लाहकार बनाएको जिकिर गर्नुभयो ।

    सामाजिक विभेदविरुद्ध प्रचण्ड भन्दा डा. बाबुरामले चर्काे गरि आवाज उठाउने गरेको उहाँको बताउनुभयो ।

    खनालले माओवादी नसकिएसम्म मुलुकले सुख नपाउने आफ्नो अभिव्यक्तिमा भने अडिग रहेको बताउनुभयो ।

    माओवादी सिद्धान्तले अब मुलुक नबन्ने बहस माओवादी पार्टीभित्रै तीव्र रुपमा भइरहेको पनि खनालको दाबी छ । माओवादले मुलुक नबन्ने देखेर नै पार्टी छिन्नभिन्न भएको उहाँले बताउनुभयो ।

    माओवादले अब समाजलाई निर्देश गर्न नसक्ने भएकाले यो सिद्धान्त त्याग्नुपर्ने खनालको मत छ ।

    चीनले नै माओवाद त्यागेर सि जिनपिङको विचारधारालाई आत्मसाथ गरिसकेका बेला नेपाल जस्तो मुलुकमा अहिले पनि त्यही सिद्धान्त लागू गर्न खोजिनु मुर्खता हुने उहाँको मत रहेको छ ।


    आइतवार, कार्तिक ७ २०७८०७:१७:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij