Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

माधव नेपालबाहेकका साथीहरु एमालेमा फर्किए हुन्छः ओली

माधव नेपालबाहेकका साथीहरु एमालेमा फर्किए हुन्छः ओली

  • आइतवार, कार्तिक ७ २०७८

  • 607
    SHARES

  • माधव नेपालबाहेकका साथीहरु एमालेमा फर्किए हुन्छः ओली

    काठमाडौँ — एमाले अध्यक्ष केपी ओलीले पार्टीबाट केही अनुशासनहिन र अराजक तत्वहरुमात्रै बाहिरिएको बताउनुभएको छ । उहाँले आगामी चुनावमा पनि एमाले नै पहिलो पार्टी बन्ने दाबी गर्नुभयो ।

    ‘हाम्रो पार्टीबाट केही अनुशासनहिन, अराजक तत्वहरु बाहिरिएका छन् । बिग्रिएको आलुलाई बोराभित्र राख्नुहुँदैन । सबैलाई कुहाउँछ । त्यसकारण कुचोले बढार्नु पर्ने कसिंगर हावाले उडायो भनेजस्तै हो । माधव नेपालबाहेक अरु साथीहरु पार्टीमा फर्किए हुन्छ,’ आइतबार झापामा भएको कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘बिग्रिएका तत्वहरु थुपारेर काम छैन । त्यसकारण मैले भनेको हो, माधव नेपालजस्ता अपराधी तत्वलाई फेरि एमालेले ठाउँ दिँदैन । अरु साथीहरु फर्किए हुन्छ ।’

    उहाँले एमालेले मात्रै देश बनाउन सक्ने दाबी गर्नुभयो ।

    ‘हामी फेरि चुनाव जित्छौँ । हामी देश बनाउन सक्छौँ,’ उहाँले भन्नुभयो, ‘अहिले संसदमा जे फुर्ती–फार्ती छ, त्यो हामीले गर्दा भएको हो । आगामी चुनावमा माधव नेपालले जितेर देखाउन्, प्रचण्डले चुनाव जितेर देखाउन् ।’

    अध्यक्ष ओलीले मन्त्रिपरिषद् विस्तारमै ३ महिना लगाउने दलहरुबाट अब नेपाली जनताले कुनै अपेक्षा नराख्न आग्रह गर्नुभयो ।

    ‘अहिले प्रचण्डले जे फुर्ती लगाइरहेका छन्, त्यो हामीले जोगाइ दिएको हो । अब त समानुपातिकमा बस्छन्, आउँला र खाउँला भनेर, तर त्यो हुनेवाला छैन,’ उहाँले भन्नुभयो, ‘जनस्तरमा जाँदा यिनीहरुलाई मोर्चा बनाउन् कि मर्चा हालुन् कि जेसुकै गरुन् । कसले भोट दिन्छ ? यी विनाशकारी, विध्वंशकारी, भड्काउने तत्व हुन् । यी अस्थिरता ल्याउने तत्व हुन् । स्थिरता बनाउने तत्व होइनन् ।’

    उहाँले जनताले अब सत्तारुढ दलहरुलाई भोट माग्न जाँदा परमादेश माग्न अदालत जाऊ भनेर पठाइदिने बताउनुभयो ।


    आइतवार, कार्तिक ७ २०७८०५:३३:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij