Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

महाधिवेशन दुई चार दिन यताउता भएर फरक पर्दैनः देउवा

महाधिवेशन दुई चार दिन यताउता भएर फरक पर्दैनः देउवा

  • आइतवार, कार्तिक ७ २०७८

  • 722
    SHARES

  • महाधिवेशन दुई चार दिन यताउता भएर फरक पर्दैनः देउवा

    प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुई चारदिन अघिपछि भएपनि कांग्रेसको महाधिवेशन गराएरै छाड्ने बताउनुभएको छ ।

    पाँचथरको फाल्गुनन्द गाउँपालिकामा आयोजित कार्यकर्ता भेलामा प्रधानमन्त्री देउवाले महाधिवेशन पर सार्ने पक्षमा आफू नरहेको बताउनुभएको हो ।

    ‘महाधिवेशन तोकिएकै मितिमा गर्ने हो । दुई चारदिन यताउता भएर केही फरक पर्दैन’, देउवाले भन्नुभयो ।

    उहाँले पार्टीको आन्तरिक अधिवेशन हार्दिकताका साथ सम्पन्न गर्नसमेत निर्देशन दिनुभएको छ ।

    ‘पार्टीभित्र सकभर सहमति गरौँ, सहमति नभए लोकतान्त्रिक अभ्यास गरौं । चुनाव हारेकोले जितेकोलाई काम गर्न दिनुपर्छ, झगडा गर्नुहुँदैन’, देउवाले भन्नुभयो ।

    सरकारले बाढी, पहिरो र डुबानबाट प्रभावित भएकालाई उचित राहत र सहयोग उपलब्ध गराउने भन्दै देउवाले मृतकका परिवारलाई २ लाख उपलब्ध गराइने बताउनुभयो ।

    ‘विपदमा परेका जनतालाई सरकारले हेर्छ । त्यसैले म आएको हुँ’, देउवाले भन्नुभयो ।

     


    आइतवार, कार्तिक ७ २०७८०५:२८:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij