Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

सर्वोच्चका न्यायाधीशले फुलकोर्ट बैठक बहिस्कार गर्ने

सर्वोच्चका न्यायाधीशले फुलकोर्ट बैठक बहिस्कार गर्ने

  • आइतवार, कार्तिक ७ २०७८

  • 777
    SHARES

  • सर्वोच्चका न्यायाधीशले फुलकोर्ट बैठक बहिस्कार गर्ने

    काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीसँगको सहमतिमा बोलाएको सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा अरु न्यायाधीशहरु अनुपस्थित हुने भएका छन् ।

    आइतबार अपरान्ह बसेको सर्वोच्च अदालतका न्यायाधीशहरुको बैठकले सोमबार बोलाइने फुलकोर्ट बैठकमा सहभागी नहुने सहमति गरेको हो ।

    ‘हरिकृष्ण कार्कीको प्रतिवेदन र वरिष्ठ अधिवक्ता उपाधि दिने भनी हामीहरुलाई एजेण्डा पठाइएको थियो, त्यसमा हाम्रो सहमति छैन’ एक न्यायाधीशले भन्नुभयो, ‘सोमबारको बैठकमा हामी उपस्थित हुन सक्ने भएनौं ।’

    उहाँका अनुसार असन्तुष्ट न्यायाधीशबीच सोमबार बिहानैदेखि छलफलमा जुट्ने सहमति भएको छ ।

    प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले आइतबार बारका पदाधिकारीहरुसँगको छलफलमा सोमबारका लागि आफूले सर्वोच्च अदालतका सबै न्यायाधीश सम्मिलित पूर्ण बैठक डाक्ने र त्यसमा बारका पदाधिकारीहरु पनि बोलाउने प्रतिवद्धता जनाउनुभएको थियो ।


    आइतवार, कार्तिक ७ २०७८०५:१४:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij