Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

प्रदेश १ का मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

प्रदेश १ का मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

  • आइतवार, कार्तिक ७ २०७८

  • 565
    SHARES

  • प्रदेश १ का मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

    काठमाडौँ - प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज (आइतबार) विश्वासको मत लिदैं छन् । उनले आज दिउँसो १२ः३० मा बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिने भएका हुन् ।

    उनले विश्वासको मतसम्बन्धी प्रस्ताव शुक्रबारको प्रदेश सभा बैठकमा पेश गरिसकेका छन् । प्रदेश सभा सचिवालयले आजको बैठकको कार्यसूचीमा उक्त प्रस्तावमाथि छलफल र मत विभाजनको कार्यसूची तय गरेको छ ।

    संविधानको धारा ११८ को उपधारा २ बमोजिम आफूमाथि प्रदेश सभामा विश्वास छ भनी उनले प्रस्ताव पेस गरेका हुन् । सरकारको नेतृत्व गरिरहेको एमाले विभाजन भएपछि आचार्य अल्पमतमा छन् । एमालेका १० जना प्रदेश सभा सदस्यले एकीकृत समाजवादी रोजेका छन् ।

    कुल ९३ सदस्य रहेको प्रदेश सभामा मुख्यमन्त्रीको पक्षमा ४१ जना सांसद मात्रै छन् । गठबन्धनमा कांग्रेस २१, माओवादी केन्द्र १५, एकीकृत समाजवादी १० र जसपा ३ जना गरी गठबन्धनमा ४९ जना सांसद छन् ।

    सत्तारूढ गठबन्धनले यसअघि नै प्रदेश १ मा मुख्यमन्त्री परिवर्तन गर्ने भनेका छन् । गठबन्धनले नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्र राईलाई मुख्यमन्त्रीका रूपमा अघि सारेको छ ।


    आइतवार, कार्तिक ७ २०७८०८:५६:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij