Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

भीम रावलले सकिनँ भन्नुभो, ठूलो कुरा होइनः ओली

भीम रावलले सकिनँ भन्नुभो, ठूलो कुरा होइनः ओली

  • शनिवार, कार्तिक ६ २०७८

  • 429
    SHARES

  • भीम रावलले सकिनँ भन्नुभो, ठूलो कुरा होइनः ओली

    काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावलले संयोजन गर्न नसकेर कार्यदलबाट राजीनामा दिएको बताउनुभएको छ ।

    ‘संयोजन मैले सकिनँ त्यसकरण मेरो राजीनामा भन्नुभयो,’ शनिबार पार्टी कार्यालयमा ओलीले भन्नुभयो, ‘त्यत्रो ठूलो कुरो पनि होइन । लिखित पनि होइन, स्वीकार्य पनि होइन, अस्वीकार्य पनि होइन ।’

    १० बुँदे कार्यान्वयनमा ओली प्रतिवद्ध नदेखिएको भन्दै त्यसलाई कार्यान्वयन गर्न सहजिकरणका लागि बनाइएको कार्यदलबाट रावलले हिजो राजीनामा दिनुभएको थियो ।

    ओलीले १० बुँदे कार्यन्वयन भइसकेको र बाँकी रहेका ठाउँमा रचनात्मक ढंगले हुने बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘१० बुँदे कार्यान्वयन सबैतिर भइसक्यो । केही–केही ठाउँमा रहेको भए रचनात्मक ढंगले कार्यान्वयन हुन्छ । त्यसमा समस्या छैन ।’

    पार्टीमा कुनै १० भाइ भन्ने समूह नभएको ओलीको भनाइ थियो ।


    शनिवार, कार्तिक ६ २०७८०५:१८:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij