काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको वडा अधिवेशन उद्घाटन गर्नुभएको छ ।केन्द्रीय कार्यालय थापाथलीबाट ओलीले भर्चुअल माध्यमबाट अधिवेश उद्घाटन गर्नुभएको हो।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टीका अन्तरिक समस्यालाई बाहिर लगेर दुनियाँ नहसाउन असन्तुष्ट नेताहरुलाई आग्रह गर्नुभएको छ ।
उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाइरहेका बेला ओलीको उक्त अभिव्यक्ति आएको हो।
’पार्टीका आन्तरिक समस्यालाइ बाहिर लगेर छर्ने र दुनियाँलाई हसाउने काम लामो समय देखि भइरहेको छ’ उहँले भन्नुभयो।ओलीले देशलाई प्रतिगमनतर्फ धकेल्ने प्रयत्न भएको आरोप लगाउँदै अहिले पार्टीमा कुनै समस्या नभएको दाबी गर्नुभएको छ ।
उहाँले एमाले उन्नत पार्टी भएको बताउँदै व्यवस्थापकिय कौशलताका कारण देशव्यापी रुपमा वडा अधिवेशन गर्न सम्भव भएको जिकिर समेत गर्नुभएको छ ।
यसैबिच, ओलीले पाँच दलीय गठबन्धनलाई प्रतिगामीको संज्ञा दिनुभएको छ ।‘हामी संविधानको कार्यान्वयन गर्न खोज्ने र अरुले अपव्याख्या गरेर धज्जी उडाउन खोज्ने काम भएको छ,’ ओलीले भन्नुभयो, ‘राज्यका मर्यादित निकाय विवादास्पद हुने काम भएको छ। यसले संस्थामाथिको विश्वास कमजोर पार्दछ।’
विस्तारै विस्तारै प्रणाली कमजोर पार्ने काम भइरहेको ओलीको भनाइ छ। ‘प्रतिगामी शक्ति गठबन्धनका नाममा आइरहेको छ। भ्रम र द्विविधामा रहनुपर्दैन।