काठमाडौं । नेकपा एमालेले आज देशैभर वडा अधिबेशन सम्पन्न गर्दैछ ।
वडा अधिबेशन सम्पन्न गर्नेहरुले पहिलो पालिका ककनी रहेकोल छ । नुवाकोट जिल्लाको ककनी गाउँपालिकाले ८ वटै वडामा अधिबेशन सम्पन्न गरेको छ । सर्वसम्मत रुपमा ककनीको ८ वटै वडामा पदाधिकारी चयन भएको ककनी एमाले संगठन कमिटीका सचिव योगेन्द्र तामाङले बताए । सबै वडाको कमिटीमा ३३ प्रतिशत महिलालाई सहभागिता गराईएको तामाङले बताएका छन् ।
वडा अधिबेशनले वडा न. १ मा बिक्रम श्रेष्ठ, वडा न. २ मा प्रेम तामाङ, वडा न. ३ मा हरिहर ढुंगाना, वडा न. ४ मा पदम लामा, वडा न. ५ मा लीला तामाङ, वडा न. ६ मा दक्षदेव पाठक, वडा ७ मा पुष्कर बोगटी र वडा न. ८ मा पूर्णलाल श्रेष्ठ अध्यक्ष सर्वसम्मत चयन भएका छन् । अधिबेशनले सबै वडामा उपाध्यक्ष, सचिव र दुई उपसचिव सर्वसम्मत भएका छन् ।
सबै वडामा पदाधिकारी सर्वसम्मत चयन भएको नुवाकोट जिल्ला कमिटिका सचिवालय सदस्य तथा ककनी ईन्चार्ज चन्द्र बहादुर बलामीले बताए । बागमती प्रदेश संगठन कमिटीका सदस्य एवं नुवाकोट जिल्ला कमिटिका कोषाध्यक्ष काशिराज अधिकारीको प्रमुख अतिथ्यमा वडा अधिबेशनहरु संचालन भएको इन्चार्ज बलामीले बताए ।
नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल सम्बोधन गरे लगतै निर्वाचित पदाधिकारीहरु बसेर सुन्ने र बाँकी कार्यक्रम समापन गर्ने ककनी गाउँ संगठन कमिटीका अध्यक्ष जनार्दन अधिकारीले बताएका छन् ।
एमालेको १०औँ महाधिवेशन १० देखि १२ मंसिरमा चितवनमा हुनेछ । त्यसैको लागि एमालेले आज वडा अधिबेशन पछी ९ गते ७ सय ५३ स्थानीय तहको अधिबेशन सम्पन्न गर्दैछ । बाढी पहिरो प्रभावित स्थानीय तहमा भन्ने कार्तिक २५ सम्म अधिबेशन सकाउनु पर्ने एमालेले भनेको छ ।