Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

अर्ली इलेक्सनबारे गठबन्धनले जे भन्छ त्यही हुन्छ : प्रधानमन्त्री देउवा

अर्ली इलेक्सनबारे गठबन्धनले जे भन्छ त्यही हुन्छ : प्रधानमन्त्री देउवा

  • शुक्रवार, कार्तिक ५ २०७८

  • 364
    SHARES

  • अर्ली इलेक्सनबारे गठबन्धनले जे भन्छ त्यही हुन्छ : प्रधानमन्त्री देउवा

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी बैशाखमा अर्ली इलेक्सन गर्ने विषयमा सत्ता गठबन्धनका नेताहरुसँग परामर्श गर्ने बताउनु भएको छ ।

    बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकनका लागि सुदूरपश्चिमको यात्रामा रहनु भएका प्रधानमन्त्री देउवाले आज विहान धनगढीमा आयोजित पत्रकार सम्मेलनमा अर्ली ईलेक्सन आफू एक्लैले भनेर नहुने भन्दै त्यसबारे सत्ता गठबन्धनमा छलफल गर्ने बताउनु भएको हो ।

    पत्रकारहरुहरुको जिज्ञासामा उहाँले भन्नुभयो– ‘गठबन्धनको सरकार छ, मैले एक्लै भनेर हुँदैन, गठबन्धनले जे भन्छ, त्यही हुन्छ ।’ त्यस क्रमम प्रधानमन्त्री देउवाले एमसिसी सम्झौता संसदबाट पारित हुने दाबी पनि गर्नुभयो ।यस्तै उहाँले बाढी पहिरो र डुबान पीडितलाई तत्कालीन र दीर्घकालीन राहत प्याकेज ल्याउने पनि बताउनुभयो ।


    शुक्रवार, कार्तिक ५ २०७८०५:०५:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij