Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

प्रदेश एक : प्रदेश सभा बैठक आज, विश्वासको मत लिने मुख्यमन्त्रीको तयारी

प्रदेश एक : प्रदेश सभा बैठक आज, विश्वासको मत लिने मुख्यमन्त्रीको तयारी

  • शुक्रवार, कार्तिक ५ २०७८

  • 440
    SHARES

  • प्रदेश एक : प्रदेश सभा बैठक आज, विश्वासको मत लिने मुख्यमन्त्रीको तयारी

    काठमाडौँ - प्रदेश १ को प्रदेश सभाको बैठक आज (शुक्रबार) बस्दै छ । यसअघि असोज २५ गतेका लागि तय भएको बैठक आजका लागि सारिएको थियो । आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री भीम आचार्यले विश्वास मत लिने तयारी गरेका बताइएको छ ।

    भदौ एकमा मुख्यमन्त्रीमा नियुक्त भएका आचार्य नेकपा एमाले विभाजनपछि अल्पमतमा छन् । कुल ९३ सदस्य रहेको प्रदेश सभामा मुख्यमन्त्रीको पक्षमा ४१ जना सांसद मात्रै छन्। गठबन्धनमा कांग्रेस २१, माओवादी केन्द्र १५, एकीकृत समाजवादी १० र जसपा ३ जना गरी गठबन्धनमा ४९ जना सांसद छन्।

    सत्तारूढ गठबन्धनले यसअघि नै प्रदेश १ मा मुख्यमन्त्री परिवर्तन गर्ने सहमति गरेका छन् भने नयाँ मुख्यमन्त्रीका रुपमा एकीकृत समजवादी पार्टीका राजेन्द्र राईलाई अघि सारेका छन् ।


    शुक्रवार, कार्तिक ५ २०७८१०:३०:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij