Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

अध्यादेश ल्याएर राजनीतिक अस्थिरता बढाइयो : मुख्यमन्त्री शाक्य

अध्यादेश ल्याएर राजनीतिक अस्थिरता बढाइयो : मुख्यमन्त्री शाक्य

  • बिहिवार, कार्तिक ४ २०७८

  • 425
    SHARES

  • अध्यादेश ल्याएर राजनीतिक अस्थिरता बढाइयो : मुख्यमन्त्री शाक्य

    काठमाडौँ । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले संघीय सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर आफ्नो पार्टी विभाजन गराएका कारण राजनीतिक अस्थिरता बढेको बताएकी छन् । प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले निकृष्ट ढंगले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याइएको आरोप लगाएकी हुन् ।

    सोही अध्यादेश अन्तर्गत आफ्नो पार्टी नेकपा एमाले विभाजन भएको र एमालेबाटै केही सांसदहरु अर्को दलमा सहभागी भएको उनको भनाइ थियो । आफूले प्रदेश सरकारको नेतृत्व लिएको केही घण्टा बित्न नपाउँदै आफ्नै पार्टीका नेता तथा सांसदहरु अन्य गतिविधिमा लागेको पनि आफूलाई राम्ररी थाहा भएको उनले बताइन् ।

    मुख्यमन्त्री शाक्यले संसदीय प्रणालीमा पार्टीहरु बलियो बन्नु पर्नेमा त्यस विपरीत झन् कमजोर बन्दै गएको टिप्पणीसमेत गरिन् । संघीय लोकतान्त्रिक गणतन्त्रमाथि चारैतिरबाट प्रहार भइरहेको उनको भनाइ थियो ।


    बिहिवार, कार्तिक ४ २०७८०४:५६:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij