Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

एमाले स्थायी कमिटी बैठक आज, आसन्न महाधिवेशनबारे छलफल हुँदै

एमाले स्थायी कमिटी बैठक आज, आसन्न महाधिवेशनबारे छलफल हुँदै

  • बिहिवार, कार्तिक ४ २०७८

  • 377
    SHARES

  • एमाले स्थायी कमिटी बैठक आज, आसन्न महाधिवेशनबारे छलफल हुँदै

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको स्थायी कमिटीको बैठक बस्दै छ । दशैं सकिएपछि पार्टीको विभिन्न विषयमा छलफल गर्नका लागि स्थायी कमिटीको बैठक बोलाइएको हो ।

    आज दउँसो ३ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने गरी बैठक बोलाइएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

    उहाँका अनुसार बैठकमा पार्टीका स्थानीय अधिवेशन, पालिका अधिवेशन लगायतका विषयमा छलफल हुने कार्यक्रम रहेको छ ।
    स्थायी कमिटीको बैठकमा असोज १५ देखि १७ गतेसम्म आयोजना भएको पार्टीको विधान महाधिवेशनको समेत समीक्षा हुने कार्यतालिका रहेको छ ।

    विधान महाधिवेशन सकिएपछि पार्टीको कुनै तहको बैठक बसेको थिएन । त्यस्तै स्थायी कमिटी बैठकमा आसन्न राष्ट्रिय महाधिवेशनका विषयमा पनि आवश्यक छलफल हुने बताइएको छ ।


    बिहिवार, कार्तिक ४ २०७८०२:५५:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij