Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

यी हुन् प्राकृतिक विपत्तिकाबीच बसेको मन्त्रिपरिषद् बैठकका निर्णय

यी हुन् प्राकृतिक विपत्तिकाबीच बसेको मन्त्रिपरिषद् बैठकका निर्णय

  • बुधवार, कार्तिक ३ २०७८

  • 454
    SHARES

  • यी हुन् प्राकृतिक विपत्तिकाबीच बसेको मन्त्रिपरिषद् बैठकका निर्णय

    काठमाडौँ । सरकारले प्राकृतिक विपत्तिमा परी मृत्यु भएकाका परिवारलाई राहतस्वरूप रकम दिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले मृत्यु भएकाका परिवारलाई राहत दिने र घाइतेहरूको निःशुल्क उपचार गर्ने निर्णय गरेको हो ।

    बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै गृहमन्त्री बालकृष्ण खाँणले परिवारमा एकजनाको मृत्यु हुँदा दुई लाख र थप अर्को व्यक्तिको पनि मृत्यु भए एक लाख थपेर दिने निर्णय भएको बताए । घाइतेहरूको निःशुल्क उपचार र राहतको व्यवस्था गर्ने निर्णय पनि भएको उनले जानकारी दिए ।

    प्राकृतिक विपत्तिमा घाइते भएका तथा फसेका मानिसको उद्धार गर्न नेपाली सेनाको हेलिकोप्टरले मात्र नपुगे निजी क्षेत्रको हेलिकोप्टर पनि प्रयोग गर्ने निर्णय भएको उनले बताए ।

    विपत्मा परी घरबारविहीन भएकालाई पनि राहत दिइने भएको छ । सरकारले हिमाली क्षेत्रमा एउटा घर निर्माणका लागि पाँच लाख रुपैयाँ दिने निर्णय गरेको हो । पहाडी क्षेत्रमा चार लाख र तराईमा तीन लाख दिने निर्णय भएको छ । यस्तै, जमिन नभएकाहरूका लागि जमिन खरिद गर्न थप तीन लाख दिने र त्यो पनि सम्भव नभए सरकारले सामूहिक रूपमा आवास निर्माण गर्ने निर्णय भएको मन्त्री खाँणले जानकारी दिए ।

    किसानका बालीको क्षतिको आकलन र तथ्यांक संकलन गर्ने निर्णय पनि भएको छ । यस्तै, राजमार्गको अवरोध खोल्ने, अवरुद्ध विद्युत् र सञ्चार सेवा सञ्चालन गर्ने निर्णय भएको उनले जानकारी दिए ।

     


    बुधवार, कार्तिक ३ २०७८०८:२१:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij