काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले चाहेमा एक हप्ताभित्र सरकार ढाल्ने दाबी गर्नुभएको छ । एमालेको बाग्मती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उहाँले आफूहरुले चाहेमा एक हप्ताभित्र सरकार ढाल्ने दाबी गर्नुुभएको हो ।
‘अहिलेकै जस्तो गर्ने हो भने हामी सात दिनभित्र सरकार ढाल्न सक्छौं’ उहाँले भन्नुभयो । तर एमालेले प्राप्तीलाई नभई विजयलाई पहिलो मान्ने ओलीको भनाइ छ ।
यस्तै, अध्यक्ष ओलीले वर्तमान सरकार निमित्त नायवी सरकार भएको टिप्पणी गर्नुभएको छ । यो सरकार निमित्त नायवी रहेकाले टिप्पणी गर्न पनि लायक नरहेको बताउनुभयो ।
‘यो सरकार आलोचना गर्न पनि लायक रहेन । टिप्पणी गर्न पनि लायक रहेन । जसको नायवी छ, पर्दा पछाडि छ, अगाडि छ, अर्काले चलाएको नायवी छ’, ओलीले प्रश्न गरे, ‘यो सरकार कसले चलाएको छ भनेर कसैले भन्न सक्छ ?’
ओलीले आगामी चुनावमा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुने बताउनुभयो । तर कांग्रेससँग जनतालाई भन्ने एजेण्डा नरहेको बताउनुभयो । बाँकी दलहरुले भने चुनावमा च्याँखे थाप्ने ओलीको भनाइ छ । तर च्याँखे थाप्ने दलहरु आगामी चुनावबाट पराजित हुने उहाँको दाबी छ ।