काठमाडौं । सभामुख अग्नि सापकोटाल इस्लाम धर्मावलम्बीहरुको बकर ईद जस्ता पर्वले नेपालीहरुबीच मजबुत एकता, दिगो शान्ति र आपसी सद्भाव बढाउन मद्दत मिल्ने बताउनुभएको छ ।
बकर ईदको अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बीहरुमा शुभकामना व्यक्त गर्दै सभामुख सापकोटाले यस्तो विश्वास व्यक्त गर्नुभएको हो ।
शुभकामना सन्देशमा सभामुख सापकोटाले यस पर्वमार्फत् राष्ट्रिय एकता र धार्मिक तथा साँस्कृतिक सद्भाव कायम राख्न सबैमा प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ ।