Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

दुई अध्यक्षबीच संवाद गराउन नेकपा स्थायी कमिटी बैठक स्थगित

दुई अध्यक्षबीच संवाद गराउन नेकपा स्थायी कमिटी बैठक स्थगित

  • बिहिवार, आषाढ १८ २०७७

  • 814
    SHARES

  • दुई अध्यक्षबीच संवाद गराउन नेकपा स्थायी कमिटी बैठक स्थगित

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीचमा संवाद गराउन जारी स्थायी कमिटी बैठक केहीबेर बसेर स्थगित गरिएको छ ।

    फूटको डिलमा पुगिसकेको सत्तारुढ नेकपालाई जोगाउने प्रयासस्वरुप दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालबीच संवाद गराउन बैठक रोकिएको हो ।

    नेकपा स्थायी कमिटीका बहुमत सदस्यले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिन ओलीमाथि दबाब बढाएपछि आन्त्रिक संघर्ष चरम बनेको छ ।

    पार्टीभित्र आफ्नो पल्ला तल परेकै बेला प्रधानमन्त्री ओलीले भने बिहीबार मन्त्रिपरिषद् बैठक राखेर संसद अधिवेशन स्थगित गर्न सिफारिश गराउनुभएको छ ।


    बिहिवार, आषाढ १८ २०७७०२:१२:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij