Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधि सभा बैठक सर्‍यो

प्रतिनिधि सभा बैठक सर्‍यो

  • मंगलवार, कार्तिक २ २०७८

  • 1.2K
    SHARES

  • प्रतिनिधि सभा बैठक सर्‍यो

    काठमाडौँ । प्रतिनिधि सभाको कात्तिक ९ गतेका लागि बोलाइएको बैठक सरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को पालिकास्तरको अधिवेशन ९ गते भएकाले प्रतिनिधिसभा बैठक कात्तिक ११ गतेसम्मका लागि सारिएको हो ।

    संघीय संसद्का महासचिव भरतराज गौतमले मंगलबार सूचना निकालेर कात्तिक ९ गते दिउँसो १ बजेका लागि बोलाइएको बैठक विशेष कारणवश कात्तिक ११ गते बिहीबार दिनको २ बजे बस्ने निर्धारण भएको जानकारी गराउनु भएको छ ।

    ’एमालेले आफ्नो पालिका अधिवेधशन भएकोले बैठक सार्न आग्रह गरेको र सरकारसँगको समन्वयमा बैठक सारिएको हो’, सभामुख अग्निप्रसाद सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभएको छ ।


    मंगलवार, कार्तिक २ २०७८०४:२१:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij