Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

देलविस र राज अभिनित माया पिरेम’ को टिकटक प्रतियोगिताको समय थपियो, विजेताले १ लाख पाउन (भिडियोसहित)

देलविस र राज अभिनित माया पिरेम’ को टिकटक प्रतियोगिताको समय थपियो, विजेताले १ लाख पाउन (भिडियोसहित)

  • सोमवार, कार्तिक १ २०७८

  • 1.3K
    SHARES

  • देलविस र राज अभिनित माया पिरेम’ को टिकटक प्रतियोगिताको समय थपियो, विजेताले १ लाख पाउन (भिडियोसहित)

    काठमाडौं । नव कलाकार देलविस दर्शनधारी र राज तुम्बाहाम्फेले डेब्यु गरेको ‘माया पिरेम बोलको गीतको म्यूजिक भिडियोमा टिकटक प्रतियोगीताको समय अवधि बढाइएको छ ।

    करिब एक हप्ता अगाडि युट्युबमा सार्बजनिक भएको अभिनेत्री सम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित गीत ‘माया पिरेम’ यतिबेला लोकप्रिय भैरहेको छ ।

    ट्री इन्टरटेन्मेन्टको अफिसियल युट्युब च्यानलबाट सार्बजनिक गरिएको सो गीतको भिडियोलाई युट्युबमा २१ लाख भन्दा बढी पटक हेरिएको छ । गीतको सफलतासंगै निर्माण टिमले गीतमा टिकटक प्रतियोगिताको आयोजना गरेको हो ।

    टिकटक प्रयोगकर्ताहरुको अनुरोधमा ट्री ईन्टरटेन्मेन्टले प्रतियोगिताको समय अवधि बढाएको छ । अब २०७८ कार्तिक ५ ९ २२ अक्टोवर २०२१० बाट २०७८ कार्तिक २२ ९८ नोवेम्वर २०२१० सम्मको अवधि थप गरिएको छ । यो अवधिसम्म टिकटक बनाउन सकिने छ । टिकटकमा ट्री इन्टरटेन्मेन्टको यूट्यूबमा गीतको क्लिपहरु राखिएको छ ।

    प्रतियोगीहरुले आयोजकले दिएको विभिन्न ह्यास्ट्याहरु प्रयोग गर्दै आफ्नो भिडियो बनाउनु पर्ने छ । प्रतियोगितामा प्रथम हुनेले १ लाख, दोस्रो ५० हजार र तेश्रो हुनेले २५ हजार प्राप्त गर्ने छन् । त्यस्तै उत्कृष्ट १० जनाले नगद पुरस्कार तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

    प्रतियोगितामा जसको सबै भन्दाबढी भ्यूज र लाईक आउछ उसैलाई बिजेता घोषणा गरिनेछ । प्रतियोगीले गीतको धेरै भन्दा धैरै टिकटक बनाउन सक्नेछन् जसले गर्दा प्रथम हुन सहयोग मिल्ने छ । सबै भिडियोको भ्यूज र लाईकलाई आधार बनाई बिजेता घोषणा गरिने छ । प्रतियोगीले धेरै भिडियो बनाउन पर्ने छ ।

    माइकल चन्दले निर्देशन गरेको भिडियोलाई उत्सब दाहालले छायांकन गरेको भिडियोमा विश्व नेपाली र अस्मिता परियारको स्वर रहेको छ । डिपी खनालले लेखेको गीतलाई शंकर स्माईलले संगीत भरेका छन् ।

    संगीत संयोजन उदय राज पौडेलले गरेका छन् । शिलन लम्सालको सम्पादनमा रहेको भिडियोमा सम्राज्ञी शाहसंगै एलिशा शर्माको फिचर गरिएको छ । गीतको भिडियोमा देलविस दर्शनधारी र राज तुम्बाहाम्फेले डेब्यु गरेका छन् ।

     

     
     
     
     


    सोमवार, कार्तिक १ २०७८१०:५०:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij