Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

कांग्रेसभित्र सिद्धान्त र विवेकपूर्ण तर्क हरायो : विश्लेषक

कांग्रेसभित्र सिद्धान्त र विवेकपूर्ण तर्क हरायो : विश्लेषक

  • आइतवार, आश्विन ३१ २०७८

  • 432
    SHARES

  • कांग्रेसभित्र सिद्धान्त र विवेकपूर्ण तर्क हरायो : विश्लेषक

    काठमाडौँ । नेपाली कांग्रेसभित्र सिद्धान्त र विवेकपूर्ण तर्कभन्दा गुटगत प्रवृत्ति बढी मौलाएको राजनीतिक जानकारहरुले बताएका छन् । पार्टीको आसन्न १४ औं महाधिवेशनको चटारोमा रुमलिएको कांग्रेसभित्र कतै पनि विवेकपूर्ण र तर्कपूर्ण बहस हुन नसकेको उनीहरुको भनाइ छ । कांग्रेसमा अहिले सिद्धान्त र शक्तिको लडाइँ भइरहेको वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालको ठहर छ ।

    महाधिवेशन अन्तर्गत भदौ १८ देखि सुरु भएको कांग्रेसको अधिवेशन अहिले वडा, पालिका तथा जिल्लामा जारी छ । हालसम्म सपन्न भएका कांग्रसको जिल्ला अधिवेशन र नेतृत्वको विश्लेषण गर्ने र त्यसैलाई कांग्रेसको राष्ट्रिय चरित्र मान्ने हो भने नेपाली कांग्रेस उँधो लाग्ने स्थितिमा रहेको वरिष्ठ पत्रकार दाहाल बताउनुहुन्छ ।

    यस्तै, राजनीतिक विश्लेषक उद्धव प्याकुरेलले कांग्रेस महाधिवेशन पुरानै शैलीको भएको बताउनुभयो । यस पटक पनि कांग्रेसले अधिवेशनलाई महाधिवेशनको छायाँमा गरेको र यसले दूरगामी असर पार्टीलाई पार्ने बताउँदै उहाँले कांग्रेसले यसलाई चिरेर जान नसकेको बताउनुभयो ।

    विगतमा भन्दा यस पटक स्थानीय स्तरमा भने नयाँ पुस्ता आउनु सकारात्मक रहेको विश्लेषक प्याकुरेलको भनाइ छ । यद्यपि, त्यो पनि पैतृक सम्बन्धबाट मात्र आएका उहाँले बताउनुभयो । कांग्रेस हुनलाई स्पष्ट विचार धाराबाट नभइ अधिकांश स्थानमा पैतृक सम्बन्धबाट नयाँ पुस्ता आएको उहाँले बताउनुभयो ।

    कांग्रेसको महाधिवेशन आगामी संसिर ९ देखि १३ गते सम्म गर्ने कार्यतालिका छ । महाविधेशनबाट नेतृत्वसँगै कार्यशैली रुपान्तरणको चर्चा कांग्रेसभित्र छ । तर अहिलेसम्मका समग्र वस्तुस्थितिलाई नियाल्दा कांग्रेसभित्र रुपान्तरणको संकेत नदेखिएको विश्लेषकहरु बताउँछन् ।


    आइतवार, आश्विन ३१ २०७८०८:१७:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij