Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

दसैँ सकिएलगत्तै कर्णालीमा सरकार फेरिँदै

दसैँ सकिएलगत्तै कर्णालीमा सरकार फेरिँदै

  • आइतवार, आश्विन ३१ २०७८

  • 446
    SHARES

  • दसैँ सकिएलगत्तै कर्णालीमा सरकार फेरिँदै

    काठमाडौँ । दशैं सकिए लगत्तै कर्णाली प्रदेशमा नयाँ सरकार गठन हुने भएको छ । नेकपा माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वमा रहेको सरकारको ठाउँमा नयाँ सरकार बन्न लागेको हो। कर्णालीमा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीको संयुक्त सरकार छ। तीन दलबीचको सहमतिमा नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीको नेतृत्वमा नयाँ सरकार बन्न लागेको हो।

    त्यसका लागि ढिलोमा कात्तिक दोस्रो साता वर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिने बताइएको छ । ढिलोमा कात्तिक १० गतेसम्म नयाँ सरकार बन्ने बताइएको छ । कर्णालीमा तत्कालीन एमाले र माओवादी केन्द्रको संयुक्त सरकार थियो। एमाले र माओवादीबीच भएको एकताबाट गठित नेकपाले वैधता नपाएर साविकका एमाले र माओवादी नै ब्युँतिएपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

    त्यसपछि कांग्रेसले प्रदेश सरकारलाई समर्थन गर्दै मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएको थियो। त्यसैगरी एमालेका चार जना प्रदेश सभा सदस्यले ‘फ्लोर क्रस’ गरेर शाहीलाई विश्वासको मत दिएका थिए। मुख्यमन्त्री शाहीले सहमतिअनुसार कांग्रेसको नेतृत्वमा प्रदेश सरकार गठन गर्न आफूले मार्गप्रशस्त गर्न लागेको आफूनिकटहरुलाई बताइसक्नुभएको छ ।


    आइतवार, आश्विन ३१ २०७८०३:३०:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij