Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

प्रतिपक्ष एमालेको दाबी : गठबन्धन सरकार सफलतापूर्वक गन्तव्यमा पुग्दैन

प्रतिपक्ष एमालेको दाबी : गठबन्धन सरकार सफलतापूर्वक गन्तव्यमा पुग्दैन

देउवाले पार्टी र सरकार दुवैतिर प्रभावकारी काम गर्न नसकेको कांग्रेस नेताहरुको ठहर
  • शनिवार, आश्विन ३० २०७८

  • 1.0K
    SHARES

  • प्रतिपक्ष एमालेको दाबी : गठबन्धन सरकार सफलतापूर्वक गन्तव्यमा पुग्दैन

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वर्तमान गठबन्धन सरकार सफलतापूर्वक गन्तव्यमा पुग्न नसक्ने दाबी गरेको छ । सत्तारुढ गठबन्धनमा मतैक्य नरहेको भन्दै यसले प्रधानमन्त्री शेरबहादुर देउवालाई सफल नबनाउने एमालेको ठहर छ ।
    मन्त्रिपरिषद्लाई पूर्णता दिन तीन महिना लगाउनुले नै यसको पुष्टि गरेको एमालेको केन्द्रीय कार्यालय सचिवसमेत रहनुभएका नेता शेरबहादुर तामाङले बताउनुभयो ।

    निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध परेका मुद्दाको सुनुवाइ गर्दै सर्वोच्च अदालतले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश दिएको थियो । त्यसलगत्तै असार २९ गते पाँच दलीय गठबन्धनको नतृत्व गर्दै सत्तारोहण गर्नुभएका देउवाले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ गर्नुका साथै विवादित व्यक्तिलाई सरकारमा सामेल गदाउँदा चर्को आलोचना खेप्नु पर्‍यो ।

    विपक्षी एमालेले गठबन्धन सरकार असफल भइसकेको जिकिर गर्दै सही समयमा केपी ओलीले नै गोल हान्ने दाबी गरेको छ । आगामी निर्वाचनमा पनि ओलीले जितका लागि गोल हान्ने एमाले नेता तामाङको दाबी छ । एमाले प्रतिपक्षमा रहेकै बेला गएको निर्वाचनमा पहिलो शक्ति बन्न सफल भएको नजिर रहेको उल्लेख गर्दै तामाङले फेरि पनि अध्यक्ष ओली त्यही दाउ हेरेर बसेको बताउनुभयो ।

    अध्यक्ष ओली राष्ट्रिय राजनीतिमा विकास र समृद्धिको अगुवाइ गर्ने नेताका रुपमा स्थापित भइसकेको भन्दै अब फेरि ओलीले सरकारको नेतृत्व गर्ने ठोकुवा नेता तामाङले गर्नुभयो ।

    कांग्रेस सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले पार्टी र सरकार दुवैतिर प्रभाविकारी काम गर्न नसकेको कांग्रेसकै नेताहरु बताउँछन् । कांग्रेस नेता डा. चन्द्र भण्डारीले देउवा नै सरकार र पार्टी सभापतिको भूमिकामा रहँदा पार्टी भित्रका आन्तरिक द्वन्द्व व्यवस्थापन हुन नसक्नुका साथै समय–समयमा बैठक र छलफलसमेत हुन नसकेको बताउनुभयो ।
    देउवाले अब पार्टी सभापतिको जिम्मेवारी पुस्तान्तरण गरेर आफू सरकारको कामकारबाहीलाई प्रभावकारी बनाउनेतर्फ मात्र लाग्नुपर्ने नेता भण्डारीको धारणा छ ।

    नयाँ सरकार गठनगत्तै परमादेशबाट बनेको भनेर आलोचना गर्दै आएको विपक्षी एमालेले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुनुलाई पनि देउवा सरकारको असफलता भन्दै आएको थियो । सदनमा जनताको आवाज भनेर अथ्र्याइने विपक्षी दलको चासो, गुनासो र मागलाई सरकारले ग्रहण गर्न जरुरी छ भने जनपक्षीय हितलाई केन्द्रमा राखेर आवाज बुलन्द पार्नु विपक्षी दलको पनि मुख्य धर्म हो ।


    शनिवार, आश्विन ३० २०७८०७:२४:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij