Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

सभामुख सापकोटा र विपक्षी एमालेबीच होला सफल संवाद ?

सभामुख सापकोटा र विपक्षी एमालेबीच होला सफल संवाद ?

  • बिहिवार, आश्विन २८ २०७८

  • 678
    SHARES

  • सभामुख सापकोटा र विपक्षी एमालेबीच होला सफल संवाद ?

    काठमाडौँ । प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले सदन अवरोध खुलाउन आफ्नो भूमिकाबारे समिक्षा गर्ने बताएलगत्तै प्रमखु विपक्षी दल एमाले पनि नरम देखिएको छ । सभामुखको भूमिकामाथि असन्तुष्टि जनाउँदै एमालेले निरन्तर संसद अवरोध गर्दै आएको छ । आफूले कारबाही गरेका १४ सांसदहरुलाई मदमुक्त नगरी पार्टी फुटाउन सहयोगी भूमिका सभामुखले खेलेको एमालेको आरोप छ ।

    यसैलाई मुख्य एजेन्डा बनाएर एमाले संसदमा निरन्तर अवरोध कायम राखेको छ । सभामुख सापकाटोले यसको समाधान छलफल र संवादबाटै निकाल्नुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रका संवेदनशील विषयहरु अगाडि बढाउन आफूले सहजीकरण गरेको प्रष्टीकरण दिँदै सभामुख सापकोटाले संसदको गरिमा बढाउन सरकार, गठबन्धन दल र सबै सांसदहरुले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

    उहाँले जतिसुकै ठूलो समस्या भएपनि संवादको विकल्प नभएको भन्दै आफू सदन खुलाउनेबारे विपक्षी एमालेसँग संवाद गर्न तयार रहेको बताउनुभएको छ । एमाले पनि संवादमा आउने विश्वास भामुख सापकोटाले व्यक्त गर्नुभएको छ ।

    संसद सञ्चालनको विषयमा सुरुमा सभामुखले र त्यसपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको सर्वदलीय बैठकसमेत बहिस्कार गरेको एमालेले आफू कहिल्यै पनि वार्ता र संवादबाट भाग्न नखोजेको स्पष्ट पारेको छ । सभामुख सापकोटाले संसदमा प्रभावकारी भूमिका नखेलेको नै आफूहरुको मुख्य असन्तुष्टिको बिषयमा भएको बताउँदै सभामुखले चाहेमा आफूहरु पनि तयार रहेको एमाले सचिव एवं प्रवक्ता प्रदिप ज्ञवालीले बताउनुभयो । यद्यपि, सचिव ज्ञवालीले सभामुख सापकोटाले विगतमा गरेका गल्ती महसुस गर्नुपर्ने बताउनुभयो ।

    एमाले सचिव ज्ञवालीले संसद खुलाउनेबारे छलफल गर्न आफूहरु सदैव तयार रहेको बताउनुभयो । त्यसका लागि सभामुखले प्रतिपक्षीसामू प्रस्तुत गर्ने विकल्पमा निरर्भर रहने उहाँले बताउनुभयो । बारम्बार सदन अवरोध गर्नु आफूहरुको कुनै चाहना नरहेको पनि सचिव ज्ञवालीले स्पष्ट पार्नुभयो ।

    प्रतिनिधि सभालाई अनिणर्यको बन्दी बनाएर एमाले निर्वाचनमा जान चाहेको विश्लेषण पनि राजनीतिक विश्लेषकहरुले गर्दै आएका छन् । निर्वाचन एमालेको चाहना भएपनि त्यसैका लागि आफूहरुले सदन अवरोध भने नगरेको सचिव ज्ञवालीले बताउनुभयो । गठबन्धन सरकारले मुलुकलाई निकास नदिने दाबी गर्दै उहाँले चुनाव अहिलेको आवश्यक्ता भएको जिकिर गर्नुभयो ।

    विपक्षी एमालेको अवरोधका बिच पनि सभामुले संसदको कामकारबाही भने निरन्तर अघि बढाउँदै आउनुभएको छ । अब प्रतिनिधि सभाको अर्को बैठक कात्तिक ९ गते बस्दै छ । त्यसअघि नै जनचासोका विषयलाई संसनबाट निकास दिन सत्ता पक्ष, प्रमुख विपक्ष र सभामुखबीच सफल संवादको जरुरी छ ।


    बिहिवार, आश्विन २८ २०७८०८:१२:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij