काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सुकुम्बासी समस्या दिगोरुपमा समाधान गर्नुपर्ने बताउनुभएको छ । चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले वास्तविक सुकुम्बासीको पहिचान गरी तिनीहरुको समस्या समाधानका लागि सरकारले काम गर्नुपर्ने बताउनुभयो ।
आइतबार बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा भएको घटना गलत भएको भन्दै भट्टराईले सुकुम्बासी समस्या समाधान गर्नतर्फ सरकारको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभयो । सुकुम्बासी समस्या समाधानका लागि सरकारको स्पष्ट नीति नहुँदा समस्या भएको उहाँको भनाइ छ ।