Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

प्रजातन्त्रको विकल्प अरु हुनै सक्दैन : प्रधानमन्त्री देउवा

प्रजातन्त्रको विकल्प अरु हुनै सक्दैन : प्रधानमन्त्री देउवा

  • आइतवार, आश्विन २४ २०७८

  • 367
    SHARES

  • प्रजातन्त्रको विकल्प अरु हुनै सक्दैन : प्रधानमन्त्री देउवा

    काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हुने बताउनुभएको छ । साक्षर गण्डकी घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र बाहेक अरु कुनै हुन नसक्ने बताउनुभएको हो ।

    उहाँले देशमा अरु धेरै कुरा गर्न बाँकी रहेको बताउँदै पूर्ण रुपमा संघीयता कार्यान्वयन गर्न बाँकी रहेको बताउनुभयो । जनताले नै प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै भएको पुष्टि गरेको प्रधानमन्त्री देउवाले बतभाउनुभयो ।

    उहाँले नेपालको कोरोना महामारीको नियन्त्रण गर्न सफल बनिरहेको भन्दै विदेशबाट प्रशंसा आइरहेको सुनाउनुभयो । उहाँले कोरोना नियन्त्रण गर्न सफल भएकै कारण बेलायत सरकारले नेपाली नागरिकहरुलाई भिसा दिएको बताउनुभयो ।

    प्रधानमन्त्री देउवाले गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्दैै शिक्षा आम नागरिकको मौलिक हक भएको बताउनुभयो । उहाँले शैक्षिक व्यवस्थापनमा समयानुकुल सुधार गर्ने बताउँदै शिक्षालाई अनिवार्य निःशुल्क गर्दै जाने नीति सरकारले अवलम्बन गर्दै आएको बताउनुभयो ।

    गत भदौ ३० मा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले सबै जिल्ला साक्षर घोषणा भइसकेकाले साक्षर गण्डकी अवधारणापत्र स्वीकृत गरी साक्षर प्रदेश घोषणा गर्ने निर्णय गरेको थियो ।


    आइतवार, आश्विन २४ २०७८०३:४४:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij