Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

पार्टीबाट मन्त्री भएकाहरुलाई माधव नेपालको निर्देशन : बदनाम हुने काम नगर्नुस्

पार्टीबाट मन्त्री भएकाहरुलाई माधव नेपालको निर्देशन : बदनाम हुने काम नगर्नुस्

  • आइतवार, आश्विन २४ २०७८

  • 390
    SHARES

  • पार्टीबाट मन्त्री भएकाहरुलाई माधव नेपालको निर्देशन : बदनाम हुने काम नगर्नुस्

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट मन्त्री भएकाहरुलाई आफ्नो जिम्मेवारी र कर्तव्यको ख्याल राखेर काम गर्न निर्देशन दिनुभएको छ ।

    पार्टीका तर्फबाट मन्त्री भएकाहरुलाई आज पार्टी कार्यालयमा बोलाएर अध्यक्ष नेपालले विषम परिस्थितिमा गठबन्धन सरकार बनेकाले सोही संवेदनशीलतालाई ख्याल गर्दै आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएको स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङले बताउनुभयो ।

    त्यस्तै अध्यक्ष नेपालले मन्त्रीहरुलाई पारदर्शी बन्न, आचारसंहिताको पूर्ण पालना गर्न, देश र जनता सबैभन्दा माथि राखेर काम गर्न तथा बदनाम हुने कुनै पनि काम गर्न भन्नुभएको छ । उहाँले मन्त्रिपरिषद् बैठकमा आउने विभिन्न विषयवस्तुहरुमाथि अगाडी नै सामुहिक छलफल गर्न सुझाव पनि दिनुभएको छ ।

     


    आइतवार, आश्विन २४ २०७८०३:४१:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij